देशभरका ३० भन्दा बढी प्रसारण र वितरण लाइनमा क्षती


काठमाडौं – अविरल वर्षा र बाढीले नेपाल विद्युत्त प्राधिकरणका देशभरका ३० भन्दा बढी प्रसारण र वितरण लाइन, सवस्टेशन तथा विद्युत्त गृहहरुमा क्षति पुगेको छ । पूर्वाञ्चल, मध्यमाञ्चल तथा पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतका ती संरचनाहरुमा बाढीका कारण क्षति पुगेको हो ।

विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बाढीका कारण प्रसारण लाइन, सवस्टेशन, वितरण लाइन र विद्युत्त गृहहरुमा क्षति पुगेको छ । ‘बाढीले विराटनगर र जनकपुर क्षेत्रका अधिकांश संरचनामा क्षति पुगेको छ,’ उनले भने, ‘सम्भव भएको ठाउँमा तुरुन्तै प्रणाली सञ्चालन गर्ने र बाढीका कारण असम्भव देखिएको क्षेत्रमा सम्भव भएपछि तत्काल काम अघि बढाउँछौं ।’

बाढीले क्षति पुर्याउँदा बिराटनगर तथा जनकपुर क्षेत्रका अधिकांश जनता विद्युत्त सेवाबाट वञ्चित छन् । आजको कारोबार दैनिकमा खबर छ ।