ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – लगातारको वर्षाका कारण मुलुकका अधिकांश भूभाग जलमग्न हुँदा मृत्यु हुनेको संख्या वृद्धिसँगै सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको छ । तराईका बाढीप्रभावित अधिकांश जिल्लाका गाउँहरु एक अर्कोसँग सम्बन्ध विच्छेदमा छन् भने पीडितहरुले कुहिएका खाना र धमिलो पानी खाएर गुजारा गर्न थालेका छन् । आज प्रकाशित सबैजसो पत्रिकाहरुले बाढीपछि तराईमा मानवीय संकट उत्पन्न भएको र उद्धार र राहतको जरुरी भएको लेखेका छन् ।
बाढी पहिरोबाट मृत्यु भएकाको परिवारलाई २ लाख राहत दिने सरकारको निर्णयलाई पनि आजका पत्रिकाहरुले लेखेका छन् । अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको खबरलाई पनि आजका पत्रपत्रिकाहरुले उठाएका छन् ।