ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – देशभर परेको अविरल वर्षापछि आएको बाढीका कारण कम्तीमा ३० जनाको ज्यान गएको छ भने २० जना हराइरहेका छन् । बिहीबारदेखि लगातार परेको पानीले पूर्वमा झापादेखि पश्चिममा बर्दियासम्मको तराईको अधिकांश भूभाग जलमग्न भएको खबरले आजका पत्रपत्रिकाहरु भरिएका छन् ।

पत्रपत्रिकाहरुले आज बाढी र पहिरोको अलावा डा. गोविन्द केसीको अनसनबारे पनि लेखेका छन् ।