अपाङ्ग महिलाका लागि स्वावलम्बन कार्यक्रम : मन्त्री कोइराला


पोखरा – महिला तथा वालवालिकामन्त्री आसा कोइरालाले अपाङ्ग महिलाका लागि स्वावलम्बन कार्यक्रम ल्याउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । नेत्रहिन संघ कास्कीको २० औं साधारण सभा तथा ९ औं अधिवेशनको शनिवार पोखरामा उद्घाटन गर्दै उहाँले अपाङ्गता भएकाहरुका लागि डिजिटल परिचय पत्र निशुल्क उपलब्ध गराउने बताउँदै आफू मन्त्री भएपछि अपाङ्ग अधिकार ऐन संसदबाट पारित गराइसकेको जानकारी दिनुभयो् ।

उहाँले नेत्रहिनहरुको आन्तरिक दृष्टिको उच्च सम्मान गर्दै नेत्रहिनहरुको साहयक सामग्री सेतो छडी निशुल्क उपलब्ध गराउनुका साथै निर्माणाधिन भवनको लागि आर्थिक सहयोग गर्ने समेत बताउनुभयो ।कार्यक्रममा वोल्दै सांसद तेजकुमारी पौडेलले संसदमा अपांगता भएकाहरुको प्रतिनिधित्व गराउन आफूले आवाज उठाएको स्मरण गर्दै अपांगता भएकाहरुको हितका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

नेत्रहिन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सचिव शिशिर खनाल, पश्चिामाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक अर्जुन आचार्य , राष्ट्रिय अपांग महासंघ कास्कीका अध्यक्ष हिमबहादुर गुरुङ, गैह्रसरकारी महासंघ कास्कीका अध्यक्ष पदम पहारी, नेत्रहिलन संघ कास्कीका सल्लाहकार मोहन बाबु खड्का, कर अधिकृत विजय लामिछाने, उज्यालो प्रतिष्ठान नेपालकी पार्वती कुमारी शर्मा, कावेरी फाउन्डेसनका प्रतिनिधि एवम् नेत्रहिन संघका केन्द्रिय सदस्य खोमराज शर्मा लगायतले अपाङगता भएका ब्यक्तिका बारेमा बोल्नु भएको थियो । कार्यक्रममा सञ्चारकर्मी शुष्मा पौडेल र संस्थाका कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।

संस्थाको ९ औं अधिवेशनले लक्ष्मण सुवेदीको अध्यक्षातामा ११ सदसिय नयाँ कार्यसमिति समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा सरस्वती आचार्य, सचिवममा शोभा पौडेल, सहसचिवमा शिवराज अधिकारी, कोषाध्यक्षमा अमृत वराल चयन हुनुभएको छ । यसै गरी सदस्यहरुमा निर्मला सदाशंकर, सरिता लामिछाने, ज्योति पौडेल, सूर्य प्रसाद भट्टराइ, शुषिल गोदार र राम प्रसाद भण्डारी रहनु भएको छ । नेपालका जम्मा ४७ जिल्लामा नेत्रहिन संघका गठन भएका छन् भने कास्की जिल्लामा १ हजार ४ सय ४५ दृष्टिविहिनहरु रहेका अध्यक्ष सुवेदीले बताउनुभयो ।