प्रबासमा नेपाली पत्रकारिता बारे छलफलको हेर्नुहोस् पुरा भिडियो


फ्रयाङ्कफर्ट/ युरोपको लोकप्रिय अनलाईन पत्रिका नेपालीनेपाली डटकमको आयोजनामा प्रबासमा नेपाली पत्रकारिताको सम्भावना र चुनौती विषयमा छलफल भएको  छ । जर्मनीको फ्रयाङ्कफर्टमा हालै सम्पन्न कार्यक्रममा प्यानालिष्टको रुपमा गैर आबासीय नेपालीसंघका प्रमुख संरक्षक जीवा लामिछाने,बीबीसी नेपाली सेवाका पुर्व प्रमुख खगेन्द्र नेपाली,बीबीसी नेपाली सेवाका भगीरथ योगी,अनलाईनखबर डटकमका सम्पादक अरुण बराल र युरोपबाट कलम चलाउने पत्रकार चिरन शर्मा सहभागी थिए।

नेपाली मिडियाको एनआरएनसंगको सहकार्य, सूचना प्रविधिको विकासले मिडियासामु ल्याएको चुनौती र अवसरहरु,काठमाडौंबाट हेर्दा प्रवासी पत्रकारहरुले ध्यान दिनुपर्ने बिषयहरु,युरोपमा नेपाली मिडियाको अवस्था आदि बिषयमा छलफल तथा टिप्पणी भएको थियो।

नेपाल तथा युरोपबाट सहभागी पत्रकारहरुको प्यानालिष्टसँग प्रश्न तथा जिज्ञासा राखेका थिए। प्यानल छलफल  हुँदा  गैर आबासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो,बर्तमान अध्यक्ष शेष घले पनि सहभागी बने। जर्मनीका लागि नेपाली राजदूत रमेश प्रसाद खनालले उद्घघाटन गरेको मिडीयाको तेस्रो बार्षिकोत्सव समारोहमा दोस्रो सत्रमा पत्रकारिता बारे छलफल भएको हो।

(नेपाल स्विस डटकमका हिरालाल श्रेष्ठको सहयोगमा तयार पारिएको भिडियोलाई यहाँ प्रस्तुत गरिएको छ।)