नेपालमा स्वाइन फ्लुको संक्रमण विकराल बन्दै


काठमाण्डौ –  यतिबेला जताततै स्वाइन फ्लुको संक्रमण फैलिएको छ ।  आजकोनेपाल समाचारपत्र दैनिकमा खबर छ ।

उपत्यका तथा उपत्यकाबाहिरका केही जिल्लामा यो रोग विकराल बन्दै गएको छ ।

अहिले पाल्पा, स्याङजा, पोखरा बुटवल र झापा लगायतका स्थानमा स्वाइनफ्लुको समस्या तिव्ररुपमा बढ्दै गएको छ ।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार, ‘अहिले अमेरिका, युरोप हुँदै भारतमा समेत भारतमा समेत देखा परेको मिचिगन स्ट्रेन नामक स्वाइनफ्लु नेपालमा समेत भित्रिन सक्ने खतरा बढ्दै गएको छ ।’