राष्ट्रिय प्रजातन्त्र पार्टीद्धारा सरकारलाई दिएको समर्थन फिर्ता (निर्णयकाे पूर्णपाठ)


काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको  छ । राप्रपाको  केन्द्रीय समिति बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
बैठकपछि  सो पार्टीले जारी गरेको बिज्ञप्तिमा मधेस समस्या समाधानमा सरकार उदाशिन रहेको, पृथ्वनिारायण शाहको योगदानको सम्मान गर्दै राष्ट्रिय एकता दिवस मनाउन राप्रपाले गरेको आग्रहको वेवास्ता गरेको तथा राप्रपालाई विभाजित गर्ने काममा परोक्ष रुपमा सरकारमै संलग्न पार्टीले भुमिका खेलेको भन्दै समर्थन फिर्ता लिने निर्णय गरेको उल्लेख छ ।
त्यस्तै पार्टी बिभाजनका लागि पशुपति शमशेर राणाले निर्वाचन आयोगमा दिएको निवेदन खारेज गर्न पनि राप्रपाले आयोगसमक्ष माग गरेको छ ।
राप्रपाले पार्टी विभाजन गर्दा विधान बमोजिम ४० प्रतिशत केन्द्रीय सदस्य हुनुपर्ने प्राबधान भएपनि राणाले बुझाएको हस्ताक्षर केही नक्कली र केहीको समर्थन नरहेको पनि दावी गरेको छ ।

निर्णयकाे पूर्णपाठ