‘इक्यान शैक्षिक मेला’मा अष्ट्रेलीयाका चार कलेज सहभागी हुने


Print

पोखरा – पोखरामा साउन २७ देखि २९ गतेसम्म  हुने ‘इक्यान शैक्षिक मेला’मा अष्ट्रेलीयाका चार वटा कलेज सहभागी हुने भएका छन् । अष्ट्रेलीयाको प्यासिफिक कलेज अफ टेक्नोलोजी, क्विन्स्फोर्ड कलेज, नर्स ट्रेनिङ अस्ट्रेलिया र सिड्नी मेट्रो कलेज रहेको आयोजक संस्था नेपाल शैक्षिक परामर्श संघ अध्यक्ष मिलन तिवारीले बताए । त्यसै गरि आइडिपी र व्रिट्रिस काउन्सिल पनि सहभागी हुने उनले बताए । यी कलेजको सहभागिताले मेलाको महत्व झनै बढेको बताए ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी इक्यानले मेला गर्न लागेको हो । मेलामा विद्यार्थीलाई परामर्श प्रदान गर्न विभिन्न देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागी हुने बताइएको छ । विद्यार्थीलाई निःशुल्क प्रवेश व्यवस्था मिलाइएको मेलामा ५४ वटा स्टल र ११ वटा प्याभिलियन रहने मेलाका संयोजक रमेशकुमार थापाले जानकारी दिए ।

यस पटकको मेलाबाट बचत रकम सामाजिक क्षेत्र तथा छात्रबृत्तिमा खर्च गरिने इक्यान कास्कीले जनाएको छ ।
मिराकल इन्स्टिच्युट प्रालिको प्रस्तुतिमा हुन लागेको मेलामा टाइटल स्पोन्सर बेकन प्रिमियर इन्टरनेसनल एडुकेसन र ईन एसोसियन विथमा फोरेन लिंक छ । पावर्ड बाइमा एक्स्पर्ट एडुकेशन एण्ड भिजा सर्भिसेस, मुख्य प्रायोजकमा किङ्फिसर एडुकेशनल कन्सल्टेन्सी र सपोर्टेड बाईमा ट्रिनिटी एडुकेशन फाउण्डेशन छन् ।

प्रोमोटरमा अस्ट्रेलियास्थित कलेजहरु प्यासिफिक कलेज अफ टेक्नोलोजी, क्विन्स्पÞmोर्ड कलेज र नर्स ट्रेनिङ अस्ट्रेलिया साथै आइडिपी, व्रिट्रिस कान्सिल छन् । मेलाका प्रायोजकहरुमा निम्स पोखरा, डेल्टा एडुकेयर नेपाल, नमस्ते एडुकेशन इन्स्टिच्युट, थर्ड आइ एडुकेशन, एडुकेशन स्टडी लिंक, एनमार्क एडुकेशन, टार्गेट इन्टर्नेशनल एडुकेशन, एक्सेल पोखरा एडुकेशन, नाइस इन्टर्नेशनल एडुकेशन, पोखरा बर्नहाट एडुकेशनल कन्सल्टेन्सी, नेप्कम्स सर्भिसेस, मिराई इन्टर्नेशनल एडुकेशनल कन्सल्टेन्सी र काठमाडौं इन्फोसिस एडुकेशन छन् । रानीबन आरकेड होटेल पार्टनरमा रहेको छ भने बैंकिङ पार्टनरमा प्रभु बैंक छ ।