राजपामा कलह बढ्दै, आधा दर्जन नेताद्वारा पदाधिकारी बैठक बहिष्कार


काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बुधबार प्रारम्भ भएको पदाधिकारी बैठक वरिष्ठ नेता हृदयेश त्रिपाठी समूहले बहिष्कार गरेको छ ।

त्रिपाठी समूहमा सांसदहरू सर्वेन्द्रनाथ शुक्ल, बृजेशकुमार गुप्ता, अकवालअहमद साह, कमलेशवर पुरी गोस्वामीसहित आधा दर्जन नेता छन् । पदीय विवादकै कारण पदाधिकारी बैठक बहिष्कार गरेको त्रिपाठी समूहका एक नेताले बताए ।

बैठकको दोस्रो दिन बिहीबार त्रिपाठी समूहले अध्यक्ष महन्थ ठाकुरलाई भेटी पदीय विवाद मिलाउँदै प्रजातान्त्रिक प्रक्रियाबाट पार्टी अगाडि बढ्न सुझाव दिएका छन् ।

अध्यक्षमण्डलका राजेन्द्र महतो, राजकिशोर यादव र अनिलकुमार झा आफूहरूभन्दा ‘जुनियर’ रहेको दाबी गर्दै त्रिपाठी समूहले ‘जुनियर’को तल रहेर राजनीतिक जीवन व्यतीत गर्न नसक्ने जानकारी अध्यक्ष ठाकुरलाई दिएको स्रोतले जनाएको छ । आजकोअन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।