यातायात क्षेत्रका समस्या समाधानका लागी प्राधिकरण स्थापनामा जोड


पोखरा – राज्यले खुल्ला प्रतिस्पर्धाका नाममा विभिन्न प्रालि र कम्पनीबाट ब्यवस्थित रुपमा संचालन भैरहेको नेपालको यातायात क्षेत्रलाई धरासायी बनाउन राज्य र राज्यका निकायहरु लागेको ब्यवसायीले आरोप लगाएका छन् । पृथ्वीराजमार्ग बस संचालक समितिको ४७ औ वार्षिक साधारण सभा एवं ३४ औ अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले सरकारका जिम्मेवार निकायहरुहरु कमिशनको खेलमा नेपालको यात्रा क्षेत्रलाई विदेशी कम्पनीबाट उत्पादित गाडीहरुको डम्पिङस्थल बनाउन खोजि रहेको आरोप यातायात ब्यवसायीले लगाएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष भरत तिमिल्सिनाले यातायात क्षेत्रका समस्या समाधानका लागी यातायात प्राधिकरण स्थापना हुनुपर्ने बताउनुभयो । ‘यातायात क्षेत्र प्राविधिक क्षेत्रसंग सम्वन्धित भएकाले सामान्य प्रशासनको ब्यक्तिले अव संचालन गर्न सक्दैन् त्यसैले प्राविधिक ब्यक्तिले हाक्ने गरि प्राधिकरण गठन हुनुपर्छ ।’

उपाध्यक्ष तिमिल्सिनाले सडक र मेकानिक विषय जोडिएकाले कर्मचारीले नेतृत्व गर्ने हैन् अव प्राविधिकले नेतृत्व गर्नुपर्छ भन्नुभयो । अव केन्द्रमा प्राधिकरण प्रदेशमा यातायात ब्यवस्था कार्यालय रहने र स्थानिय तहमा कस्तो संरचना राख्ने भन्ने बारे छलफल गर्नुपर्नेमा समेत जोड दिनुभयो । नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्य सिटौला(सरोज)ले यातायात क्षेत्रमा राज्यको भन्दा नीजि क्षेत्रको योगदान ठूलो रहेको बताउदै ब्यवसायीले उत्कृष्ट सेवा प्रदान गरिरहेको दावी गर्नुभयो । उहाँले आफनो सवारी साधनसंग साझा यातायातले प्रतिस्पर्धा गर्न नसक्ने बताउदै विभिन्न ठाँउमा संचालन गरिएका साझा विस्थापित हुदै गएको बताउनुभयो ।‘

हाम्रो सेवा एशियाको भन्दा कुनै कमी छैन् र हाम्रा ब्यवसायीसंग कसैले प्रतिस्पर्धा गर्न सक्दैन् ।’ कार्यक्रममा पोखर उद्योग बाणिज्य संघका महासचिव दामु अधिकारी, यातायात ब्यवसायी बाबुराम गिरीले ब्यवसायीक हकहितका लागी एकताबद्ध भएर अगाडी बढनुपर्नेमा जोड दिनुभयो । समितिका अध्यक्ष ऐन कुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव योगेन्द्रक केसी गरेका थिए । शुक्रबार सम्म चल्ने अधिवेशनले आगामी तिन वर्षको लागी नयाँ नेतृत्व चयन गर्ने छ ।