को हुन् नवीन सिं खडका ? नेपालीनेपालीले किन गर्यो सम्मान ? भिडियो हेर्नुहोस्


फ्रयाङ्कफर्ट/ बीबीसी विश्वसेवामा वातावरण संवाददाताको रुपमा कार्यरत पत्रकार नवीन सिं खड्का सम्मानित भएका छन्। युरोपबाट सञ्चालित अनलाइन पत्रिका नेपालीनेपाली डटकमको तेस्रो वार्षिकोत्सव समारोहमा पत्रकार खड्का सम्मानित भएका हुन्। शुक्रबार जर्मनीको फ्रयाङ्कफर्टमा आयोजना गरिएको बिशेष समारोहमा उनलाई सम्मान गरिएको हो।

बीबीसी विश्वसेवामा उनका रिपोर्टहरु बीबीसी टेलिभिजन, अनलाइन र रेडियो प्रकाशित/प्रसारित हुने गरेका छन्। खड्काले यसअघि काठमाडौं र लण्डनमा बीबीसी नेपाली सेवाको प्रड्युसरको रुपमा काम गरेका थिए।

उनले खासगरी हिमाली क्षेत्रको वातावरण र जलवायु परिवर्तनबाट त्यहाँका जनजीविकामा परिरहेको असरका बारे रिपोर्टहरु गर्ने गरेका छन्। गत बीस वर्षदेखि संयुक्त राष्ट्र संघका सबै वातावरणीय विश्व संमेलनहरुमा पुगेर रिपोर्ट गरिसकेका खड्का १५ वर्ष अघि बीबीसीमा प्रवेश गरेका थिए।UNADJUSTEDNONRAW_thumb_d9c2बीबीसी अघि उनले आठ वर्षसम्म काठमाडौंका सबैजसो प्रमुख अँग्रेजी अखबारहरु र रेडियो सगरमाथा लगायतका मिडियामा  काम गरेका थिए। दक्षिण एसियासम्बन्धी दुईवटा पुस्तकहरुमा उनका लेख प्रकाशित भएका छन्।

एक बिशेष समारोह बीच पत्रकार खड्कालाई प्रमुख अतिथिको रुपमा सहभागी जर्मनीका लागि नेपाली राजदूत रमेश प्रसाद खनालले सम्मान गरेका छन्। सो समारोहमा बिशेष अतिथिका रुपमा गैर आबासीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो,बर्तमान अध्यक्ष शेष घले तथा पुर्ब अध्यक्ष जीवा लामिछाने पनि सहभागी थिए।

कार्यक्रममा बोल्दै पत्रकार खड्काले सम्मानले आँफुलाई झनै जिम्मेबारी बनाएको बताए। नेपालीनेपाली डटकमका प्रधानसम्पादक बसन्त रानाभाटले पत्रकार खडकालाई सम्मान गर्न पाउदा खुशी ब्यक्त गरे। गत बर्ष मिडियाले बीबीसीका पुर्ब प्रमुख खगेन्द्र नेपालीलाई सम्मान गरेको थियो।