जिल्ला समन्वय समिति कास्कीमा नेकपा एमालेका उम्मेदवार निर्विरोध


पोखरा – जिल्ला समन्वय समितिमा नेकपा एमालेका उम्मेदवार निविरोध निवाचित भएका छन् । निर्वाचन कार्यतालिका अनुसार कास्कीमा सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको थियो । एमाले बाहेक अरुको उम्मेदवारी नपरेपछि निविरोध निवाचित भएका हुन् । जिल्ला समवन्य समिति कास्कीमा नेकपा एमालेको मात्रै उम्मेदवारी परेको हो । कास्कीका पाँच स्थानिय तह रहेका छन् ।

 

पाँच तह मध्य पोखरा लेखनाथ महानगरपालिका, माच्छापुच्छे गाँउपालिका, मादी गाँउपालिका र रुपा गाँउपालिकामा एमालेले जितेको छ भने काँग्रेसले अन्नपूर्ण गाँउपालिका प्रमुख जितेको छ ।जिल्ला समन्वय समितिमा महानगर, गाँउपालिका प्रमुख र उप्रमुख मतदाता हुने ब्यवस्था रहेको छ । जिल्ला समन्वय समितिमा एक भोट मात्रै भएका कारण काँग्रेसले समर्थकनै नपाउने अवस्था आएपछि उम्मेदावरी दर्ता गराउनै गएन् ।

 

यता एमालेले दिउसो दुई बजेपछि मुख्य निवाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समितिको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएको हो । एमालेका तर्फबाट जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा एमालेबाट बैनबहादुर क्षेत्री,उप्रमुखमा सावित्रि भण्डारीको उम्मेदवारी दर्ता भएको छ भने सदस्यहरुमा बृहस्पती सापकोटा, विष्णु पौडेल, सिता वि.क, गोमा अधिकारी, तोरण बानियाँ, जगनमायाँ गुरुङ र अल्पक संख्यक तर्फबाट रुकबादुर कुमालको उम्मेदवारी दर्ता भएको छ ।

 

जिल्ला समन्वय समितिमा अरुको उम्मेदवारी नपरेपछि एमालेका उम्मेदवार निविरोध निवाधित भएपनि उम्मेदवारको अन्तिम नामावली प्रकाशन साउन १८ गते रहेकाले त्यसपछि मात्रै निविरोध निवाचित भएको घोषणा गरिने छ । समन्वयको निवाचनको मिति भने साउन २० गतेलाई तोकिएको छ । कास्कीमा नौ सदस्यीय जिल्ला समन्वय समिति बन्ने छ भने मतदाता संख्या १० रहेको छ । १० मध्य एमाले ९ र काँग्रेसको एक मतदाता रहेका छन् ।