पुनर्निर्माणका लागि भारतले सम्झौता गरेको रकम अहिलेसम्म आएन


काठमाडौं – भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले सम्झौता गरेको एक खर्ब रुपैयाँमा अहिलेसम्म एक रुपैयाँ पनि आएको छैन । २५ अर्ब अनुदान र ७५ अर्ब सहुलियत ऋण दिने समझदारी दुई देशबीच भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

भारतले दिने भनेको अनुदानमध्येको रकमलाई प्राधिकरणले विद्यालय निर्माणमा पाँच अर्ब, स्वास्थ्य चौकी निर्माणमा पाँच अर्ब, पुरातान्विक सम्पदा निर्माणमा पाँच अर्ब र निजी आवास निर्माणमा तयारी गरेको थियो ।

 

पनुर्निर्माणमा विभिन्न मुलुकले वाचा गरेको १३ अर्ब त सरकारले सम्झौता नै गर्न सकेको छैन । साउदी अरबले तीन अर्ब रुपैयाँ दिने बचन दिए पनि नेपालले सम्झौता गर्न सकेको छैन ।