ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – आज आइतबारका पत्रपत्रिकाहरुले विविध विषयलाई प्राथमिकता दिएर लेखेका छन् । संघीय संसद् र प्रदेशसभा निर्वाचन एकैपटक गर्ने गरी सरकार अघि बढ्न लागेको खबरलाई पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न लागेको भारत भ्रमणबारे पनि पत्रपत्रिकाहरुले आज सामग्री पस्केका छन् । कतार संकटले नेपालमा पारेको असरलगायतका खबर पनि आजका पत्रपत्रिकामा छन् ।