बार्सिलोनामा तिजमा महिलाहरुलाई दर खुबाईने


वसन्त रानाभाट,
बार्सिलोना,
प्रबासी नेपाली मन्च स्पेनले नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा बार्सिलोनामा दर खुवाउने कार्यक्रमको आयोजना गर्ने भएको छ ।

हरेक बर्ष तिजको बेला आयोजना गर्दै आएको मन्चले,यस पाली भने कार्यक्रम निशुल्क राख्ने निर्णय गर्दै आगामी अगस्ट २७ तारिकमा हुने, कार्यक्रमलाई भब्य रुपमा सफल पार्न महासचिब दिनेश गुरुङ्को संयोजकत्बमा नौ सदस्यीय ब्यवास्थापन समिती गठन गरेको छ ।
मन्चको नियमित बैठकले नबौ महाधिबेशनबाट अध्यक्षमा केपी शर्मा ओली लगायत निर्बाचित पदाधिकारी र सदस्यहरुलाई बधाई दिदै सफल कार्यकालको शुभकामाना दिएको छ ।
बैठकले हरेक बर्ष प्रकासित गर्दै आएको स्पेन सन्देशको लागी लेख – रचना पठाई सहयोग गरी दिन स्पेनबासी लगायत सबै नेपालीहरुलाई आग्रह गरेको छ ।

मन्चका अध्यक्ष मुक्त्त बहादुर गुरुङको अध्यक्षतामा बार्सिलोनामा सोमबार सम्पन्न बैठकले प्रबासी नेपाली मन्च स्पेनका सस्थापक अध्यक्ष पुष्पराज तिमिल्सिना तथा ने.क.पा.एमाका केन्द्रिय सदस्य गणेश तिमिल्सिनाका पिता तुलसी प्रसाद तिमिल्सिनाको ८२ बर्षको उमेरमा निधन भएकोमा दुख ब्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामना गरेको छ ।