ल हेरौ आजका दैनिक पत्रिकाका फ्रन्टपेज


काठमाडौं -प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि सुरु गरिएको फोटोसहितको मतदाता नामावली संकलनमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ । धेरै मतदाता भएका र शहरी क्षेत्रमा नयाँ मतदाताले नाम दर्ता गराएको आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि उनीहरुले मनपरी निर्णय गर्न थालेको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले उठाएका छन् । प्रहरीको आईजीपीले विवादास्पत निर्णय गर्न थालेको, दाताको सहयोगमा निर्वाचन आयोग चलेकोलगायत खबर आजका पत्रपत्रिकाको प्राथमिकतामा परेका छन् । भ्रष्टाचार सावित भएपछि पाकिस्तानी प्रधानमन्त्रीद्वारा राजीनामा दिएको विषयलाई पनि पत्रपत्रिकाहरुले प्राथमिकताका साथ उठाएका छन् ।