स्पेनका लागि नेपाली राजदूतमा भरतबहादुर रायमाझी नियुक्त


 काठमाडौं – स्पेनका लागि नेपाली राजदुतमा भरतबहादुर रायमाजी नियुक्त्त भएका छन् । मन्त्रिपरिषको सिफारिस अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीले स्पेनका लागि नेपाली राजदूतमा रायमाझीलाई म‌ंगलबार नियुक्त गरेकी  हुन् ।

यसअघि मन्त्रिपरिषद बैठकले रायमाझीलाई स्पेनको राजदूतमा सिफारिस गरेको थियो । सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको हो । संविधानको धारा २८२ को उपधार १ बमोजिम राष्ट्रपतिले राजदुत नियुक्त गर्ने प्रवधान रहेको छ ।