एनआरएन स्पेनमा उपाध्यक्ष कसलाई चुन्ने ?


बार्सिलोना / एनआरएनए स्पेनको उपाध्यक्ष पदका लागि कडा प्रतिस्पर्धा देखिएको छ। यस अघि सहमति हुँदा निकै सहज ढंगले आकाक्षीले उपाध्यक्ष पद पाउँदै आएको भए पनि पहिलो पटक चुनाव हुने भए पछि तिब्र प्रतिस्पर्धा देखिएको हो।

एनआरएनए स्पेनमा तीन उपाध्यक्ष पदको ब्यबस्था रहे पनि दुई खुल्ला पदका लागि चुनाव हुँदै छ। महिला उपाध्यक्षमा भने सिता सिंह निर्बिरोध भईसकेकी छन्।

चुनाबी दौडमा बर्तमान सचिव सुनिल रानाभाट,कोषाध्यक्ष पेशल कुमार कोईराला, कार्यसमितिका सदस्य दिलनाथ भण्डारी र क्षेत्रीय समिति म्याड्रिडका निर्बतमान अध्यक्ष रोशन पाठक बीच कडा चुनाबी प्रतिस्पर्धा छ। रानाभाटले बर्तमान कार्यसमितिमा आफ्नो सक्रियता निकै बढाएका थिए।

गैर आबासीय नेपाली संघले लाप्राकको गुम्सिपाखामा भूकम्प पिडितका लागि निर्माण गर्न एकिकृत नमुना बस्तीमा पुग्ने स्पेनका एक मात्र स्वयंसेवक हुन्। स्पेनका एनआरएनले गरेका बिभिन्न गतिविधिमा समेत रानाभाट संयोजकको भूमिकामा रही जिम्मेबारी निर्बाह गरे।

उपाध्यक्षका अर्का प्रत्यासी कोईराला बर्तमान कार्यसमितिका सफल कोषाध्यक्ष हुन्। उनले एनआरएन स्पेनले पहिलो पटक कार्यालय स्थापना गरीरहदा सफल कोषाध्यक्षको भूमिका निर्बाह गरे।

यस्तै बर्तमान कार्यसमितिका सदस्यमा रहेका भण्डारीले पनि एनआरएन कार्यलय स्थापनाको सुरुवाती चरण महत्वपूर्ण योगदान दिएका थिए। पाठक भने बार्सिलोना बाहिरबाट उमेद्वार बनेका एनआरएनका एक मात्र उमेद्वार हुन्। सबै पद बार्सिलोनामा मात्र हैन क्षेत्रबाट पनि केन्द्रमा प्रतिनिधित्व पाउँनु पर्छ भन्ने उनको धाराणा रहेको छ।

त्यसो त क्षेत्रीय समिति म्याड्रिडको अध्यक्षको भूमिकामा रहँदा पाठक कै नेतृत्वमा भुम्कम्प पिडितलाई एनआरएन मार्फत सहयोग तथा धुर्मुशसुन्तली अभियानलाई राम्रो सहयोग पुगेको थियो। थुप्रै नेपाली पहिचान झल्कने बिभिन्न कार्यक्रमहरु पनि म्याड्रिडमा सम्पन्न भएका थिए।

कसलाई कसको समर्थन ?

उपाध्यक्ष पदका दाबेदार रानाभाट र कोईरालालाई तीन राजनीतिक संगठनको सहमति अनुसार मत हाल्न भन्दै समर्थन जुटेको छ। यस्तै भण्डारी कास्की सेवा समाज स्पेनका समेत अध्यक्ष समेत भएकाले समाज खुलेर लागेको देखिन्छ। यता पाठकलाई क्षेत्रीय समिति म्याड्रिड कै बर्तमान कार्यसमितिले खुलेर साथ नदिए पनि म्याड्रिडबाट राम्रो मत आउँने अनुमान छ।

२२ तारिख शनिबार क्षेत्रीय मतदान केन्द्र पाईभास्को बिल्बाउ र म्याड्रिड र तथा २३ तारिख आईतबार बार्सिलोनामा मतदान हुँदै छ। संघको पाँचौ अधिबेशनमा निर्बाचनको माहोल चर्किएका बेला अध्यक्ष,उपाध्यक्ष र सचिव बाहेकका अन्य पदहरुमा भने यसअघि निर्बिरोध भईसकेको छ।