मोडलिङ रियालिटि सोको ट्यालेन्ट राउण्ड जारी


राजाराम पौडेल,पोखरा -पोखरामा आयोजित मिस्टर एण्ड मिस कास्की २०७४ को ट्यालेन्ट राउण्ड जारी रहेको छ । पहिलो ट्यालेन्ट राउण्डमा वर्षा गुरुङ र दोस्रो ट्यालेन्ट राउण्डमा निकिता खड्की विजेता बने । ब्ल्यु रे प्रोडक्सनद्धारा आयोजीत मोडलिङ रियालिटि सो अन्र्तगतको युवतीतर्फको प्रतिष्पर्धामा २५ जना युवतिले भाग लिएका छन् । उनीहरुले फेसन सो तथा विभिन्न प्रतिभा देखाएका थिए । pic 1

पहिलो ट्यालेन्ट राउण्डमा पल शाह र पुजा शर्मा स्पेशल अतिथिको रुपमा पुगेका थिए । म यस्तो गीत गाउँछु चलचित्रको प्रमोसनमा पोखरा पुगेका यी जोडी कार्यक्रममा पुगेर सहभागीलाई मात्र हौसाएनन् आफ्नो फिल्मको प्रमोसन समेत गरे । बाँकी प्रतियोगीलाई विभिन्न  चरणमा प्रतिष्पर्धा गराई विजेता छनोट गरिनेछ । त्यसको लागि प्रतियोगीले  हरेक शनिबार ओजन लाउञ्ज बार लेकसाइडमा प्रतिष्पर्धामा भाग लिई अघिल्लो चरण प्रवेश गर्नुपर्छ ।   अन्तिम प्रतिष्पर्धा १५ युवा र १५  युवतीका बिच   हुनेछ ।

प्रतियोगीहरुको ग्राण्ड फिनाले आगामी भाद्र १० गते पोखरामा भव्य कार्यक्रमकाबिच हुने कार्यक्रम संयोजक संकल्पले बताए ।
तीन जना नियमीत निर्णायक र थप दुईजना स्पेशल निर्णायकले उपाधि विजेता मिस्टर एण्ड मिस कास्की २०७४ छान्नेछन् ।
पछिल्लो क्रममा देखिएका मोडलिङ प्रतियोगीता भन्दा यो रियालिटी सो पृथक रहने आयोजकको दावी छ ।