ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – विकास निर्माणको जिम्मा पाएका संस्था वर्षका एघारै महिना सुस्ताउने र असार मसान्त नजिकिएसँगै योजना सक्न हतारिने प्रवृत्ति पुरानै हो । यस वर्षपालि पनि यो प्रवृत्ति उस्तै रह्यो । भौतिक निर्माणका काम विगतमा झै यस वर्ष पनि मध्यझरीमा हुँदा सरकारी लगानी बालुवामा पानी बराबर भएको आजका पत्रपत्रिकाले लेखेका छन् ।

पत्रिकाहरुले राजधानीको खानेपानी दूषित भएको, भूकम्पपीडितले अनेक सास्ती भोगेका लगायत खबरलाई आज महत्त्वका साथ लेखेका छन् ।