प्रधानमन्त्री शेर बहादुर देउवाको मन्त्रिपरिषद विस्तार गर्ने तयारी


काठमाण्डौ – संविधान संशोधन प्रस्ताव तत्काल अघि नबढ्ने भएपछि प्रधानमन्त्री शेर बहादुर देउवा मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा जुटेका छन् ।

देउवाले आगामी सोमबारसम्म मन्त्रिपरिषद विस्तार गर्नेगरी गृहकार्य थालेको देउवानिकट स्रोतले जनाएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्ड बैंककबाट फर्केलगत्तै मन्त्रिपरिषद विस्तारबारे कुराकानी गर्ने भएका छन् । प्रचण्ड शनिबार काठमाडौं फर्कने कार्यक्रम छ ।