डेनमार्कमा नेपाल भलिवल संघ गठन


महेशकुमार खाती ,कोपनहेगन । डेनमार्कमा नेपाल भलिवल संघ गठन भएको छ । कोपन्हेगनमा हालै सम्पन्न भलिवल खेलाडी तथा खेलप्रेमीहरुको भेलाले जितेन्द्र कार्कीको नेतृत्वमा १३ सदस्सीय भलिबल संघको गठन गरेको हो lसंघको उपाध्यक्षमा सुशिला हमाल र कृष्ण केसी तथा महासचिवमा रमेश घिमिरे चयन भएका छन् l

त्यस्तै सचिवमा ध्रुब मल्ल र कोषाध्यक्षमा विकास मैनाली रहेका छन् lसदस्यहरुमा ओम राना , बिशाल थापा, बिशाल गुरुङ, प्रकाश श्रेष्ठ, निलम रानाभाट खड्का, निराजन गुरुङ र उमेश न्यौपाने चयन भएका छन् भने पछि २ जनालाई थप गरि कार्यसमितिलाई १५ सदस्सीय बनाइनेछ l

डेनमार्कका नेपालीहरुबीच लोकप्रिय रहेको भलिवलमा पुरुष तथा महिला खेलाडीहरु समेत उत्तिकै सक्रिय छन् ! हरेक बर्षको समरमा प्रवासी नेपाली मंच डेनमार्कले भलिवल खेलको आयोजना गर्दै आइरहेको सन्दर्भमा नेपाल भलिवल संघ डेनमार्कको गठनले खेलको थप माहोल सिर्जना गरेको भन्दै खेलाडी तथा खेलप्रेमीहरु उत्साहित छन ।