मोना स्पेन भलिबल कपको उपाधि पर्बत समाजले उचाल्यो


बार्सिलोना/“मोना स्पेन भलिबल कप २०१७” को उपाधि पर्बत समाज स्पेनले जितेको छ।सोमबार बार्सिलोनामा सम्पन्न फाईनल खेलमा आयोजक मोना स्पेन “ए” लाई ३-१ को सेटमा पराजित गर्दै पर्बतले उपाधि चुमेको हो। बिजेता टिमले ५ सय १ युरो र उपबिजेताले २ सय ५१ युरो नगद सहित ट्रफी र मेडल जितेका छन्।

प्रतियोगितामा मोना स्पेन “बि”,बार्सिलोना नेप्लिज ग्रुप,मगर समाज र प्रबासी नेपाली मञ्चले समेत भाग लिएका थिए।

अशोक किरण न्यौपानेको कप्तानीमा बिजयी बनेको टिममा अनन्त लामिछाने, श्री प्रसाद गरभुजा पुन,साउ गुरुङ्,युनिश गुरुङ,हरी पौडेल,उमेश पुरी,शिव गिरी,अशोक गुरुङ लगायतका खेलाडीहरु सहभागी थिए।बिजेता टिमका गरभुजा पुन उत्कृष्ट खेलाडी तथा उपबिजेता मोना स्पेन “ए” का लोकेन्द्र पुन अनुशासित खेलाडी घोषित भए।   IMG_1587-2abयसअघि गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङले प्रतियोगिताको उद्घाटन गरे। मोना स्पेनका अध्यक्ष तपन रोकाको अध्यक्षता सम्पन्न कार्यक्रमको संयोजन लक्ष्मण खत्रीले गरेका थिए।तस्बिर:-साईग्रेस