बम समातेर फ्याँक्ने प्रहरी हवल्दार दुर्गाबहादुर राना पुरस्कृत


काठमाडौं – स्थानीय निर्वाचनका समयमा साहसिक काम गर्ने प्रहरी कर्मचारीलाई महानगरीय प्रहरी आयुक्त कार्यालयले पुरस्कृत गरेको छ ।  आजको अन्नपूर्ण पोस्ट दैनिकमा  खबर छ ।

प्रहरी हवल्दारद्वय दुर्गाबहादुर राना र धनप्रसाद कुमाल तथा जवान दलबहादुर आले पुरस्कृत भएका हुन्  । तीनैजना आयुक्त कार्यालय मातहत कार्यरत छन् ।

हवल्दार रानाले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फ्याँक्दै सम्भावित मानवीय क्षति हुनबाट रोकेका थिए भने कुमाल र आलेले बलम्बुको मतदानमा मतपेटिका फाल्न खोज्नेलाई रोकेका थिए ।

तीनै जनालाई जनही एक हजार पाँच सय रुपैयाँ प्रदान गरिएको महानगरीय प्रहरी आयुक्त कार्यालयका निमित्त प्रमुख डीआईजी बमबहादुर भण्डारीले जानकारी दिए ।