३५ किलोग्रामको गाँठो (ट्युमर) शल्यक्रियाको माध्यमले झिकियो


काठमाण्डौ – त्रिवि शिक्षण अस्पतालमा एक महिलाको पेटबाट ३५ किलोग्रामको गाँठो (ट्युमर) शल्यक्रियाको माध्यमले झिकिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

अस्पतालको दाबीअनुसार पाठेघर छेउछाउको तन्तुबाट पलाएर बनेको यति ठूलो ट्युमरको मुलुकमा यो पहिलो सफल शल्यक्रिया हो ।

शल्यक्रिया गर्नुअघि गाँठोलाई विभिन्न अंगबाट छुट्याउन उचाल्नुपर्दा डाक्टरहरुलाई हम्मे परेको थियो ।