एनआरएनए स्पेन निर्बाचनको मोडमा,अध्यक्षमा तीन जना भिड्दै


बार्सिलोना/ एनआरएनए स्पेनको अध्यक्ष पदमा तीन जनाको उमेद्वारी परेको छ। संघका संस्थापक सदस्य चिन्तामणि सापकोटा,पुर्ब उपाध्यक्ष अर्जुन आचार्य र बर्तमान कार्यसमितिका उपाध्यक्ष गौतम गुरुङले मंगलबार निर्बाचन समितिमा मनोनयन दर्ता गराएका हुन्।

नेपाली जनसम्पर्क समितिले आफ्ना संस्थापक अध्यक्ष सापकोटालाई चुनाबी मैदानमा उतारेको छ। आचार्य नेपाली जनप्रगतिशील मञ्च स्पेनका महासचिव हुन्। यता अध्यक्षका अर्का दाबेदार गुरुङले भने आँफू कुनै पार्टी बिशेषको नभई स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएको बताएका छन्।

संघको पाँचौ अधिबेशनबाट नयाँ कार्यसमिति चयन गर्दा स्पेनको ईतिहासमा नै पहिलो पटक एनआरएनमा निर्बाचन हुने देखिएको छ। नेपाली जनसम्पर्क समिति,प्रबासी नेपाली मञ्च र नेपाली जनप्रगतिशील मञ्च स्पेनले समर्थन गरेका उमेद्ववारहरु नै मुख्य पदमा दाबी गरेका छन्।

उपाध्यक्ष,महासचिव र सचिवमा उमेद्ववारहरुको भिड

यस पटकको अधिबेशनमा उपाध्यक्ष,महासचिव र सचिव पदका लागि उमेद्ववारहरुको भिड नै लागेको छ। दुई खुल्ला उपाध्यक्ष पदका लागि रोशन पाठक,सुनिल रानाभाट,दिलनाथ भण्डारी र पेशल कुमार कोईरालाले मनोनयन दर्ता गराएका छन्।

यस्तै महासचिव पदमा भने तीन जनाको उमेद्ववारी परेको छ। बर्तमान महासचिव उमेश प्रसाद अधिकारीले पुन दाबी गरेका छन् भने कृष्ण प्रसाद भुसाल र दीपक क्षत्रीको पनि उमेद्ववारी परेको छ।

सचिवमा दिनेश कुमार गिरी,अशोक किरण न्यौपाने,तारानाथ अधिकारी र लोकबन्धु बस्नेतले मनोनयन दर्ता गरेका छन्। बिशाल ढुंगाना र अर्जुन पोख्रेल भने कोषाध्यक्ष पदमा भिड्दै छन्।

निर्बिरोध को -को बने ?

संघको आगामी कार्यसमितिको महिला उपाध्यक्षमा सीता सिंह महर्जनको मात्र उमेद्वारी परे पछि निर्बिरोध बनेकी छन्। युवा संयोजकमा रामचन्द्र पौडेल र महिला संयोजकमा ऋतु ढुंगाना रेग्मीको एकल उमेद्वारी परे पछि दुवै जना निर्बिरोध बने।

यस्तै ११ जना मात्र सदस्यहरुले मनोनयन दर्ता गराए पछि सबै निर्बिरोध बनेका छन्। कार्यसमितिको सदस्यहरुमा प्रकाश तिमिल्सिना,सन्तोष पौडेल,किरण चालिसे(प्रकाश),ज्ञान बहादुर बस्नेत,नेहा शर्मा कडेल,उमेश पुरी,सानु राउत,हिरालाल सापकोटा(डायमण्ड),सरोज कंडेल,टिकाराम कंडेल(शास्त्री) र पशुपति कडेल निर्बिरोध चयन भएका हुन्।

आईसीसी सदस्यमा के भयो ?

गैर आबासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य पदका लागि मुक्त बहादुर गुरुङ र शालिकराम डुम्रेले उमेद्ववारी दर्ता गराएका छन्। तर डुम्रेको आईसीसी सदस्य पदका लागि आबश्यक प्रक्रिया नपुगेको भन्दै निर्बाचन समितिले मनोनयन दर्ता खारेज गरेको छ।निर्बाचन समितिको प्रारम्भिक नामावली प्रकाशनको सुचनामा दुवै उमेद्वारको नाम प्रकाशित भए पनि छानबिन पश्चात् प्रकाशित नामावलीमा गुरुङको मात्र नाम उल्लेख गरिएको छ।

संघको कार्यसमितिको सदस्यमा मनोनयन भएको केहि महिना मात्र पुगेको भन्दै आईसीसीको उमेद्वार बन्न योग्यता नरहेकोले उमेद्ववारी रद्द गरिएको निर्बाचन समितिका संयोजक हेम शेर्पाले जानकारी दिए। शेर्पाले भने,”यो बारे बिबाद देखिए पछि तिन सदस्यीय निर्बाचन समितिमा दुई जनाले उमेद्वारी रद्द गर्ने निर्णय गरेका हौ।”

तर निर्बाचन समितका उप-संयोजक बिनोद ढकालको निर्णयमा असहमति रहेको बुझिएको छ। उप-संयोजक ढकाल र सदस्य विनीता रेग्मी ढकालसँग यो बारे बुझ्न गरिएको सम्पर्क प्रयास भने असफल बन्यो। यता डुम्रेले छानबिनका लागि भन्दै निर्बाचन समितिमा निबेदन पेश गरेका छन्।

आईसीसी सदस्य उमेद्वार गुरुङ एनआरएनए स्पेनका बर्तमान अध्यक्ष हुन् भने डुम्रे नेपाली जनसम्पर्क समिति स्पेनका निर्वतमान अध्यक्ष हुन्।

मतदान कहिले ?

संघको अधिबेशन आगामी जुलाई २३ तारिख बार्सिलोनामा हुँदै छ। निर्बाचन समितीले उमेद्वारी फिर्ताको अन्तिम समय जुलाई ९ तारिख सम्मका लागि तोकेको छ।

निर्बाचन गर्नु परेमा २१ तारिख क्षेत्रीय मतदान केन्द्रमा र जुलाई २३ तारिख केन्द्रिय मतदान केन्द्रमा मतदान हुने समितिको कार्यतालिकामा उल्लेख छ।

निर्बाचन समितिले उपलब्ध गराएको सूचना

19858574_1602230156477805_1723151418_n 19758215_1602230169811137_1500775979_n