लाईसेन्स का लागि अब सडक परीक्षा अनिवार्य


काठमाडौं  – सवारी चालक अनुमतिपत्र लाईसेन्स का लागि अब सडक परीक्षा अनिवार्य गरिने भएको छ । प्रयोगात्मक परीक्षा ट्रायल मा उत्तीर्ण भएपछि अब सडकमा पनि सवारीसाधन चलाएर देखाउनु पर्नेछ ।

यदि सडकमा पनि गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न नसके लाईसेन्सका लागि अयोग्य मानिनेछ ।

लेन अनुशासन, ट्राफिक बत्ती, टि बेल्टलगायत आधारभुत नियममा लापरबाही गरे लाईसेन्स पाईने छैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।