सरकारले जनप्रतिनिधिलाई अधिकार विहिन बनाउन खोज्यो : एमाले महासचिब पोखरेल


पोखरा – नेकपा एमालेका महासचिब ईश्वर पोखरेलले संविधान विपरित सरकारले जनप्रतिनिधिका अधिकार कटौती गर्न खोजिएको बताउनु भएको छ । जननेता स्वःमदनकुमार भण्डारीको ६५ औ जन्मजयन्तीको अवसरमा बुधबार पोखरामा आयोजना गरिएको जनताको बहुदलीय जनबाद र स्थानिय सरकार विषयक विचार गोष्ठीमा बोल्दै उहाँले सिंहदबारको अधिकार जनताको घरदैलोमा ल्याएको भन्दै सरकारले जनप्रतिनिधिलाई अधिकार विहिन बनाउन खोजेको आरोप लगाउनुभयो ।

संविधानमा किटानी भएका अधिकार प्रयोग गर्न कसैले रोक्न सक्दैन्, संविधान अनुसार जनप्रतिनिधिहरुले काम गर्नुपाउनुपर्छ उहाँको भनाई थियो । सरकारले विभिन्न नाममा जनप्रतिनिधिका अधिकार खोस्ने काम गरिरहेको बताउदै संविधानलाई आत्मसाथ गदै आफना अधिकार प्रयोग गर्न महासचिव पोखरेलले जननिवाचित प्रतिनिधिहरुलाई सुझाव दिनुभयो । अधिकार प्रयोग गर्न नदिने भए संविधानमा किन लेख्ने उहाँले भन्नुभयो स्थानिय तहहरु स्थानिय सरकार हुन, त्यसैले संविधानको अधिनमा रहेर आफनो कानुन आफै बनाएर काम गर्नुस । उहाँले जननेता मदन भण्डारीको जनताको बहुदलीय जनबाद नेपाली राजनीतिमा सान्र्दभीक रहेको बताउनुभयो ।

उहाँले जनताको बहुदलीय जनबादलाई स्थानिय तहमा प्रयोग गरेर काम गर्न आग्रह गदै जनता र राष्ट्रियताको पक्षमा काम गर्ने बेला भएको बताउनुभयो । जनता शक्ति हुन्, जनता र देशका पक्षमा काम गर्नुस उहाँको भनाई थियो । नेपालको राजनीति एमालेको एजेण्डामा चलेको बताउदै मदन भण्डारीका बारेमा एक पक्षिय, भावनात्मक, बैभ, इष्याको भावले बुझन नहुने बताउदै जस्ताको तस्तै बुझनुपर्नेमा जोड दिनुभयो । एमाले स्थायी समिति सदस्य किरण गुरुङले संविधान कार्यान्वयन गर्ने पक्षमा एमाले लागेको बताउदै स्थानिय तह र प्रदेशहरु स्वतन्त्र रहने भएकाले त्यही अनुसार कानुन बनाएर अगाडी बढन आग्रह गर्नुभयो ।

सांसद विकास समितिका सभापति रविन्द्र अधिकारीले अधिकार काटौती गर्ने गरि सरकारले ल्याएका कार्यादेशलाई च्यात्दै आफनो कानुन बनाएर अगाडी बढन आग्रह गर्नुभयो । सरकारी कायादेशलाई मान्ने हैन्, आफनो कानुन बनाएर शासन गर्नुपर्छ उहाँको भनाई थियो । एमाले कास्कीका अध्यक्ष कुष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री खगराज अधिकारी, पोखरा लेखनाथ महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ र जिल्ला सचिव दामोदर बैरागी लगायतले मदन भण्डारीको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।