विश्व संगित दिवसको अवसरमा मोटरसाईकल र्याली


कृष्ण रानाभाट/पोखरा । विश्व संगीत दिवसको अवसरमा कास्की जिल्लामा रहेका विभिन्न साँस्कृतिक संघसंस्थाको आयोजनामा बुधबार मोटरसाईकल ¥याली निकालिएको छ।

भक्ति संगित प्रतिष्ठान नेपाल, तराना म्युजिक सेन्टर र गुरुकुल संगित प्रशिक्षण केन्द्रको मुख्य आयोजनामा भएको सो ¥यालीमा सयौंको संख्यामा साँगितिक क्षेत्रमा क्रियाशिल व्यक्तिहरुको सहभागिता रहेको थियो।

उक्त ¥याली गैरापाटनबाट सुरु भएर महेन्द्रपुल, रानीपौवा, अमरसिंहचोक, पुथ्वीचोक, मुस्ताङचोक, लेकसाईड, सभागृहचोक, न्युरोड, चिप्लेढुङगा हुदै पुनः गैरापाटनमा पुगेर समापन भएको थियो।

आजै दिनको १ वजे पोखरा उद्योग वाणिज्य संघको सभाहलमा विश्व सङ्गीत दिवस समारोह २०७४ हुने र सो अवसरमा गायन तर्फ सुवर्ण बज्राचार्य, नृत्य तर्फ रत्नदसवि दास, संगित संयोजन तर्फ आमर गुरुङ पोखरेली र प्रोहत्सान पुरस्कारबाट रुवी गौलीलाई सम्मान गरिने भक्ति संगित प्रतिष्ठान नेपालका नवराज बरालले वताए।

उक्त कार्यक्रममा १४ वटा वाङ्मयीक संस्थाहरु पोखरेली युवा साँस्कृतिक परिवार, संगित प्रशिक्षण केन्द्र, हिमाली साँस्कृतिक परिवार, झिंगु भाव झिंगु संस्कृति पुंच, राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान कास्की, सप्तरङ्गी साँस्कृतिक प्रतिष्ठान नेपाल, पोखरा सांगितिक कलाकार संघ नेपाल, जोजिजु म्युजिक स्कुल, त्रिवेणी संगितालय, अनुसिलन कला पाठशाला, अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान, सांगितिक कलाकार संघ कास्की, पोखरा लोक धुन समुह र स्टार स्टुडियोको सहआयोजना रहेको ¥यालीका संयोजक तराना म्युजिक सेन्टरका श्रीमान थुलुङले वताए।

कार्यक्रमको अध्यक्षता नवराज वरालले गरेका थिए भने संचालन गुरुकुल संगीत प्रशिक्षण केन्द्रका तिर्थराज पोख्रेलले गरेका थिए।