पोखरालाई शैक्षिक स्मार्ट नगरको रुपमा विकसित गर्नुपर्ने


पोखरा – पोखरा लेखनाथ महानगरपालिकाका नवनिर्वाचित मेयर मानबहादुर जिसीले महानगरलाई शैक्षिक स्मार्ट नगरको रुपमा विकसित गर्नुपर्ने बताए । पोखरा लेखनाथ महानगरपालिका सिमलचौर अवस्थित पोखरा लिङक्न इन्टरनेशनल कलेजमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मेयर  जिसीले उक्त्त कुरा बताएका हुन् । प्राकृतिक र सुन्दरताको दृष्टिकोणमा अग्रणी स्थानको रुपमा रहेको पोखरामा अझ शैक्षिक पूर्वाधार विकास गरी शिक्षामा आधुनिकतामा जोड दिए ।

 पोखरा लिङक्न इन्टरनेशनल कलेजको मंगलबार सम्पन्न विद्यार्थीहरुको भेलाले सागर ढुंगानाको अध्यक्षतामा ११ सदस्यीय समन्वय परिषद गठन गरेको छ । परिषद्को उपाध्यक्षमा प्रिती खड्का, सचिवमा सविन अधिकारी, कोषाध्यक्षमा सागरबाबु गिरी, सहसचिवमा सुजन गुरुङ रहेका छन् । त्यसैगरि सदस्यहरुमा सुजन कुँइकेल, सृजना वाग्ले, क्षितिज विक, सुरज पराजुली, अमन पौडेल र रेश्मा खड्का रहेका छन् ।

त्यसैगरि नवनिर्वाचित अध्यक्ष सागर ढुंगानाले कलेजलाई नेपालकै उत्कृष्ट कलेज बनाउनका लागि विद्यार्थीको अहम भूमिका रहेको बताए । साथै विद्यार्थीको जायज मागको सम्बोधन गराउन कलेज प्रशासनसमक्ष पहल गर्ने बताए । समन्वय परिषदकी संरक्षक पम्फा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमका उपस्थित व्यक्तिलाई नवनिर्वाचित सचिव सविन अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।