ब्लड बैंकहरुको लापारवाहीले रगत लिँदा एचआइभी एड्स संक्रमण


काठमाडौं – हरेक महिना रगत चढाउनुपर्ने रोगबाट पीडित एक १६ बर्षे युवामा हालै परीक्षण गर्दा एचआइभी एड्स संक्रमण देखिएको छ । 

चढाईएको रगतबाट ती युवालार्य एचआईभी एड्स संक्रमण हुन पुगेको हो, उपचारमा संलग्न कान्ति बाल अस्पतालका डा.अजित रायमाझीले भने, मुलुकमा संकलित रगत सुरक्षित रगत सुरक्षित छैन । 

उपयोगकर्तामा एचआईभी, हेपाटाइटिस बी र सीलगायत अन्य रक्तजन्य संक्रमण देखिँदै आएको छ।’ रगतको माग बढ्दै गए पनि ब्लड  बैंकहरुले गतिलो जाँच (स्क्रिनिङ) नगर्दा यस्ता संक्रमणको जोखिम बढेको हो। ‘ब्लड बैंकले रगतको स्क्रिनिङमा थप ध्यान नदिएसम्म रगतजन्य संक्रमणबाट प्रभावित हुनेको संख्या वृद्धि हुँदै जाने देखिन्छ,’ डा. रायमाझीले भने।

रगत चढाइएकै कारण संक्रमित हुनेको संख्या बढे पनि यसको आधिकारिक तथ्याङ्क सरकार र स्वास्थ्य संस्थाहरु दुवैसँग छैन।

उपयोगकर्तामा एचआईभी हेपाटाईटिस बी र सीलगायत अन्य रक्तजन्य संक्रमण देखिदै आएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।