प्रबासी नेपाली मञ्च डेनमार्कमा चापागाई


कोपनहेगन/ प्रवासी नेपाली मञ्च (ओएनएफ) डेनमार्कको चौथो राष्ट्रिय अधिबेशनले नयाँ समिति निर्वाचित गरेको छ । हालै सम्पन्न भएको अधिबेशनले शिव चापागाईको अध्यक्षतामा १३ सदस्य कार्य समितिको चयन गरेको हो ।

उपाध्यक्षहरुमा दिपक पाण्डेय, जयलाल न्यौपाने र कमल शिवाकोटी, महासचिबमा कृष्ण प्रसाद सुबेदी र सचिबमा रमेश पाठक छन्। सदस्यहरुमा कृष्ण धानुस्क, सकुन्तला सुनाम, अर्जुन पौडेल, हरी क्षेत्री, निरंजना देवकोटा,लक्ष्मी नारायण पौडेल र सन्तोष आधिकारी छन्।अधिबेशनले सस्थाका पूर्व अध्यक्ष घनश्याम गौतमलाइ यूरोप प्रतिनिधि चयन गरेको छ।

मे २७ मा अधिवेशन भएको भएपनि विविध कारण जुन १७ मा सार्वजनिक गरिएको हो । मञ्चका निवर्तमान अध्यक्ष कृष्ण पौडेलले नयाँ कमिटिको सार्वजनिक घोषणा तथा परिचय गराएका थिए । चौथो अधिबेशन आयोजक कमिटिका संयोजक शुशिल घिमिरेको सभापतित्वमा सम्पन भएको उक्त कार्यक्रममा एनआरएनए डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडाल,नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिहरु सोम सापकोटा र दीपक सापकोटा,जनसम्पर्क समिति डेनमार्कका सभापति बिरेन्द्रसिंह कार्की, नेपाली जनप्रगतिशील मञ्चका महासचिब महेशकुमार खातीर र प्रवासी मञ्च डेनमार्कका सल्लाहकार शिव कार्कीले नव निर्वाचित कमिटिलाई बधाई तथा शुभकामना ब्यक्त गरे।

नव निर्वाचित कमिटि अध्यक्ष शिव चापागाईले आफ्नो धाराणा राख्दै यहा स्थित विभिन्न संघ सस्थाहरु बीच हातेमालो गर्दै आगाडी बढ्ने कुरामा बिशेष जोड दिए ।

यसैबीच कार्यसमितिको हालै सम्पन्न बैठकले निवर्तमान अध्यक्ष कृष्ण पौडेल प्रमुख सल्लाहकार रहने गरी एक सल्लाहकार समिति गठन गरेको छ। साथै निवर्तमान उपाध्यक्ष स्व.बिष्णु प्रसाद पौडेलको प्रथम बार्षिक पुण्य तिथिमा मञ्चले एक स्मारिका प्रकाशन गर्ने भएको छ।