प्रमुख राजनीतिक दलहरुनै चुनावका विषयमा अन्योलमा


काठमाण्डौ – स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन संघारमा आउँदा समेत प्रमुख राजनीतिक दलहरु असार १४ गतेका लागि घोषित चुनावका विषयमा अन्योलमा परेका छन्।  आजको नागरिक दैनिकमा खबर छ ।

उम्मेदवारी मनोनयनका लागि निर्वाचन आयोगले तोकेको असार २ गते आउन एक दिन मात्र बाँकी रहँदा प्रमुख दलहरु संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता पार्टी नेपाललार्इ चुनावमा समेटेर जाने या छाडेर जाने भन्नेमा अन्योलमा परेका हुन् ।

संविधान संशोधनसहितका विषय र जनसंख्याका आधारमा स्थानीय तहको संख्या नबढाएसम्म निर्वाचनमा भाग नलिने राजपाको अडानपछि प्रमुख दलहरु असार १४ गतेका लागि तोकिएको निर्वाचनका विषयमा बिहीबारमात्र निष्कर्षमा पुग्ने भएका हुन्।