बहुप्रतीक्षित विशाखापट्टनम – वीरगन्ज ड्राइपोर्ट पारवहन सेवा सुरु


वीरगन्ज – नेपाली आयातकर्ताको बहुप्रतीक्षित विशाखापट्टनम – वीरगन्ज ड्राइपोर्ट पारवहन सेवा सुरु भएको छ । आजको कारोबार दैनिकमा खबर छ ।

भारतसँग सम्झौता भएको ७ बर्षपछि विशाखापट्टनमबाट मालसामान लिएर नेपालको सिर्सियास्थित सुक्खा बन्दरगाहमा रेल आइपुगेको हो ।

नेपाली आयात – निर्याकर्ताले अहिलेसम्म प्रयोग गर्दैै आइरहेको भारतकै कोलकत्ता बन्दरगाहबाट वीरगन्जको ड्राइपोर्टसम्म रेलमार्गबाट सामान ढुवानी गर्दा धेरै समस्या झेल्नुपरेको भन्दै विशाखापट्टनम बन्दरगाहबाट पनि ढुवानीका लागि पारवहन सेवा दिन माग गर्दै आएका थिए ।

 २०७२ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विशाखापट्टनम् बन्दरगाह उपयोगको सम्झौता भएको थियो