बालमैत्री ब्यवहार घरबाटै गर्नुपर्छ : उप्रमुख गुरुङ, कर्मचारिको फोटो मोह


पोखरा – पोखरा लेखनाथ महानगरपालिकाका उप्रमुख मञ्जुदेवी गुरुङले बालमैत्री ब्यवहार घरबाटै गर्नुपर्नेमा जोड दिएकी छन् । बालश्रम विरुद्ध विश्व दिवसको अवसरमा  पोखरामा आयोजना गरिएको र्यालीपछि बोल्दै उनले घरबाटै बालमैत्री ब्यवहार गर्न सकेमात्रै बालमैत्री समाज निर्माण गर्न सकिने बताइन् ।

‘विदेशमा बालबालिकालाई स्कुलमा शिक्षकहरुले घरमा बाबुआमाले पिटछ की पिटदैन् भनेर सोधिन्छ तर यहाँ विद्यालयमा शिक्षकले पिटछकी पिटदैन् भनेर सोधिन्छ, त्यसैले घरबाटै बालमैत्री ब्यवहार हुर्नुपर्छ ’ उनले भनिन् । उनले बालबालिकालाई श्रममा लगाउन नपाइने बताउदै पोखरा महानगरलाई बालमैत्री शहर बनाउने गरि कार्ययोजना सहित अगाडी बढने बताइन् । पोखरामा बालश्रमीक कति छन्, त्यस बारे अव तथ्याङक संकलन गर्ने र बालश्रम बन्नुपर्ने कारण पत्ता लगाएर अगाडी बढने उपमेयर गुरुङले बताइन् । ‘घरघर टोलटोलमा पुगेर तथ्याङ संकलन गरेर बालश्रममुक्त महानगर बनाउन काम सुरु गर्दछौ ।’ बालश्रम मुक्त महानगर बनाउन सवैको सहयोग र साथ चाहिने बताउदै सरोकारवाला संघसस्ंथाहरुसंग छलफल गरेर अगाडी बढने बताइन् ।

कार्यक्रममा बोल्दै पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक महाशाखा प्रमुख ओमराज पौडेलले पोखरालाई बालमैत्री महानगर बनाउने अभियानमा रहेको बताउदै सन् २०१८ सम्म घोषणा गर्ने तयारी भैरहेको बताए । कार्यक्रमको संचालन कार्यक्रम अधिकृत दुर्गा न्यौपानेले गरेकी थिइन् । यसअघि पोखराको चिप्लेढुङगाबाट सुरु भएको र्याली महेन्द्रपुल, नयाँ बजार हुदै पृथ्वीचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । र्यालीमा सहभागीहरुले बालश्रम विरुद्ध देखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए ।

फोटो खिच्ने होडबाजी 

बालश्रम विरुद्धको दिवसमा पोखरा लेखनाथ महागनगरपालिकाको आयोजनामा र्यालीको आयोजना गरिएको थियो । विहान सात बजे पोखराको चिप्लेढुङगाबाट सुरु गर्ने भनिएको र्याली करिव आधा घण्टा भन्दा बढि समय वितेपछि सुरु भयो । र्याली सुरु हुन समय लाग्नुको कारण थियो फोटो खिच्ने होडबाजी । प्रमुख अतिथिका रुपमा हालै नवनिर्वाचत उपप्रमुख मञ्जुदेवी गुरुङ ।

गुरुङ सात बजेर १७ मिनेट पुग्दा त्यहाँ पुगेकी थिइन् । तर त्यहाँ र्याली सुरु गर्ने भन्दा पछि फोटोमा सवै मस्त थिए । त्यसपछि र्याली सुरु भयो । र्यालीमा सहभागीहरु पाइलै पिच्छे फोटो खिच्न ब्यस्त थिए । र्यालीमा सुरक्षाका लागी खटिएका सुरक्षाकर्मी देखि महानगरपालिकाका सामाजिक महाशाखा प्रमुख ओमराज पौडेल र कार्यक्रम अधिकृत दुर्गा न्यौपानेसम्म र्यालीमा ब्यस्त थिए । जुन र्यालीमा महानगरका उपप्रमुख गुरुङ प्लेडकार्ड समाएर चिप्लेढुङगादेखि पृथ्वीचोकसम्म पुरै पैदल हिडिन तर कर्मचारी भने फोटो खिच्नमै ब्यस्त रहे । कार्यक्रम दिवस मनाउदै बालश्रमको चेतना दिने भन्दा पनि सेल्फि खिचेर फेसबुकमा कति बेला हाल्ने भन्नेमानै सवैको ध्यान थियो ।

जननिवाचित उपमेयरलाई ब्यवास्था गदै कर्मचारीले र्यालीको दायाँबायाँ हिडे तर र्यालीमा बस्न चाहेनन् । र्याली पोखराको पृथ्वीचोक पुग्यो जहाँ समापन गर्नुपर्ने थियो त्यहाँ पुगेपछिपनि आयोजक महानगरका जिम्मेवार कर्मचारी फोटो खिचाउनै ब्यस्त बने । कार्यक्रम समापनको ब्यस्थापन गर्ने तर्फ भन्दा पनि कुनै कार्यक्रममा सेलिब्रेटी झै फोटो खिचाउन ब्यस्त देखिएपछि कार्यक्रममा सहभागीले कर्मचारीले फोटो मात्रै खिचाउने हो की कार्यक्रम समापनको ब्यवस्थापन गर्ने हो भनेपछि ओमराज पौडेल र दुर्गा न्यौपानेले माइक आउदै गरेको बताए ।

आफनै आयोजनामा आफैले गरेको कार्यक्रममा कर्मचारी फोटो खिच्न ब्यस्त र जननिवाचित प्रतिनिधिलाई ब्वास्था गर्ने कर्मचारीको ब्यवहारबाट कसरी महानगरपालिका चलेको छ भन्ने अनुमान गर्न सकिने र्यालीमा सहभागीले बताए । लामो समयदेखि चलेका स्थानिय निकायका कर्मचारीले जनप्रतिनिधि आएको हेक्का समेत नराखेर पुरानै शैलीमा रवैया देखाएको र्यालीमा सहभागी बलराम बडालले बताए ।