ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – सरकारले स्थानीय तह निर्वाचनमा राष्ट्रिय सहमति निर्माण गर्न असन्तुष्ट मधेसकेन्द्रित दललाई सहभागी गराउन चाहे पनि यो प्रयास असफल बन्ने संकेत देखिएको छ । आज प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले राष्ट्रिय जनता पार्टीले निर्वाचन सार्न प्रस्ताव गरेको र सरकार र दलहरुले अस्वीकार गरेको लेखेका छन् । दोस्रो चरण निर्वाचन हुने क्षेत्रमा चहलपहल बढेको खबरलाई पनि पत्रपत्रिकाहरुले लेखेका छन् ।