पोखरा लेखनाथ महानगर कार्यपालिकामा नेकपा एमालेको प्यानल विजयी


पोखरा – पोखरा लेखनाथ महानगर कार्यपालिकाको  निर्वाचनमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेबाट कार्यपालिकामा ५ महिला सदस्य, दलित अल्प संख्यकबाट ३ गरी ८ जना निर्वाचित भएका हुन् ।

एमालेका महिला सदस्यका उम्मेद्वारहरु राधिकाकुमारी शाही योगीले १ सय १९, सन्तुदेवी सुवेदीले १ सय १९, मनभुजा विकले १ सय १९ पुष्पा पहारी घलेले १ सय १९ र यशोधा भट्टराईले १ सय १९ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले जानकारी दिए ।

कार्यपालिकामा कांग्रेसका उम्मेद्वार गोमा सुवेदीले ४८, विष्णु परियारले ४८, सीतादेवी बास्तोलाले ४८, तीर्थकुमारी गुरुङले ४८ र लक्ष्मी पराजुलीले ४८ मत ल्याएको ल्याए । दलित तथा अल्पसंख्यबाट कार्यपालिकामा ३ सदस्यका लागि एमालेका उम्मेदवार चतुरे कामी विकले १ सय १९, ओमप्रसाद गौचनले १ सय १९ र बुधराज भुजेल ९भीमसेन०ले १ सय १८ मत ल्याएर विजयी भएका छन् । कांग्रेसबाट उम्मेदवारी दिएका ध्रुव विकले ४८, अशोक भट्टचनले ४८ र सुस्मिता परियारले ४८ मत ल्याएका थिए ।

जिल्ला समन्वय समिति कास्कीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको निर्वाचनमा १ सय ६७ मतदाता थिए । निर्वाचनमा सबै मत खसेको थियो । पोखरा लेखनाथ महानगरपालिकका १ प्रमुख, १ उपप्रमुख, ३३ वडाका अध्यक्षहरु ९सदस्य०, ५ महिला सदस्य र ३ दलित वा अल्पसंख्यक सदस्य गरी ४३ सदस्यीय कार्यपालिका बनेको छ ।

निर्वाचित महिला सदस्यहरुबाट कार्यपालिकाको महिला सदस्य र दलित तथा अल्पसंख्यकमा निर्वाचित जनप्रतिनिधि बाहिरबाट उम्मेदवारी दिन पाउने प्रावधान छ । मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले शुक्रबारै कार्यपालिकाका सदस्यलाई प्रमाणपत्र प्रदान गरी पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

दलित तथा अल्पसंख्यक कोटामा छुटेकालाई ल्याउनु पर्ने भए पनि दलहरुले त्यस्ता जातीलाई उमेद्वार नै नबनाएको गुनासो गरेका छन् । पोखरामा जलारी समुदाएबाट एक जना पनि प्रतिनिधी नभएको उनिहरुको भनाई छ ।