मठमन्दिरको पूजाअर्चनार्थ पूर्व युवराज्ञी हिमानी शाह पोखरामा


पोखरा – पूर्व युवराज्ञी हिमानी शाह धार्मिक मठमन्दिरको पूजाअर्चनार्थ पोखरा आईपुगेकी छन् । उनका छोरा हृदयन्द्र बिक्रम शाहको ब्रतबन्ध पछिको कुल देवताको पूजाअर्चना कार्यक्रम अन्तर्गत कुल देवताको दर्शन गरी गोरखबाट शुरु भएको धार्मिक मठमन्दिरको दर्शनका लागि पोखरा आएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

निजी सवारीका साथ पोखरा आएकी पूर्व युवराज्ञी हिमानी शाहलाई पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले स्वागत गरेको थियो ।

शुक्रबार स्याङजाको आलमदेवी मन्दिरको दर्शनार्थ जाने र साँझ पोखरा नै फर्कने कार्यक्रम रहेको छ भने २७ गते पोखराको तालबाराही मन्दिरको दर्शनार्थ जाने कार्यक्रम रहेको छ ।

बिहीवार तनहुँको ब्यास ऋषिपञ्चमी मन्दिरमा पूजाआजा तथा अवलोकन गरेर पोखरा आएको प्रहरीले जानकारी दिएको छ ।

बिहीवार तनहुँको ब्यास ऋषिपञ्चमी मन्दिरमा पूजाआजा तथा अवलोकन गरेर पोखरा आएको प्रहरीले जानकारी दिएको छ ।

पूर्व युवराज्ञी हिमानी शाहलाई पोखरामा स्वागत गर्दैै । तस्विरः सञ्जय शाक्य