यस्तो छ देउवाका सबल र कमजोर पक्ष


काठमाडौ –  पहिलोपटक १८ महिना : देउवा १७ भदौ ०५२ मा पहिलोपटक प्रधानमन्त्री भएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी, सद्भावना पार्टी र स्वतन्त्र सांसदको बलमा प्रधानमन्त्री भएका उनले १८ महिना सरकार चलाए । देउवा प्रधानमन्त्री रहेकै वेला तत्कालीन माओवादीको ४० बुँदे माग सम्बोधन नहुँदा मुलुकमा सशस्त्र द्वन्द्व सुरु भएको थियो । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा ०४८ मा गृहमन्त्री बनेका देउवा ०५२ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए ।

दोस्रोपटक १४ महिना : ११ साउन ०५८ मा देउवा दोस्रोपटक प्रधानमन्त्री बने । दोस्रो कार्यकाल १४ महिना रह्यो । यो अवधि निकै उतारचढावपूर्ण रह्यो । माओवादी जनयुद्ध उत्कर्षमा पुगेका वेला संकटकाल लम्ब्याउने विषयमा निर्णय गरेको भन्दै कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले १९ जेठ ०५९ मा देउवालाई प्रधानमन्त्री भएकै वेला साधारण सदस्यताबाट समेत निष्काशन गरेका थिए । त्यसपछि ४ असोज ०५९ मा देउवाले आफ्नै नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे । अलग कांग्रेस गठन गरेको १५ दिनपछि नै देउवा तत्कालीन राजा ज्ञानेन्द्र शाहद्वारा अपदस्थ भए । निर्वाचन गराउन नसकेको भन्दै ज्ञानेन्द्रले देउवालाई अक्षम घोषणा गरेका थिए ।

तेस्रोपटक आठ महिना : पहिले अक्षम घोषणा गरे पनि तत्कालीन राजा ज्ञानेन्द्रले २८ जेठ ०६१ मा देउवालाई पुनः प्रधानमन्त्री बनाए । तर, आठ महिनापछि १९ माघमा ज्ञानेन्द्रले सत्ता हातमा लिए । तेस्रोपटकको देउवाको प्रधानमन्त्रीकाल आठ महिनाभन्दा अघि बढ्न सकेन ।

देउवाका सबल पक्ष : कुनै पनि विषयलाई अड्काउन नहुने भन्दै समस्याको गाँठो छिटै फुकाउन लचिलो

कमजोर पक्ष : शक्तिमा आउन सबै अस्त्र परिचालन गर्ने आरोप देउवालाई लाग्ने गरेको छ ।आजको नयाँ पत्रिकामा दैनिकमा खबर छ ।