गुरुङ फिल्म एशोसियसन नेपालको पोखरामा पाँच दिने पटकथा लेखन तालिम शुरु


पोखरा – गुरुङ फिल्म एशोसियसन नेपाल जिफानले मंगलवारदेखि पोखरामा पाँच दिने पटकथा लेखन तालिम शुरु गरेको छ । तालिमको उद्घाटन, समारोहका प्रमुख अतिथि आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारले गर्नुभयो ।

प्रमुख अतिथि सुनुवारले आदिवासी जनजाति चलचित्रहरु बैकल्पिक नभई यथार्थपरक चलचित्रहरु भएको बताउनुभयो । नेपाली चलचित्रलाई मुलधार र आदिवासी जनजाति चलचित्रलाई बैकल्पिक मान्ने सोच परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । चलचित्र विकास बोर्डलाई आदिवासी जनजाति चलचित्रले समान अधिकार स्थापित भएको नीति बनाउनमा दवाव जरुरी रहेको भन्दै आदिवासी जनजाति मातृभाषा प्रवद्र्धन समितिले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

हामीले प्रतिशतको आधारमा समान बजेटका माग गरे पनि नगन्य बजेट प्रदान गर्दै आएकोमा आपक्ति जनाउनुहुदै उहाँले सेन्सर, बजार प्रवद्र्धनको समस्या आदिवासी जनजाति चलचित्रहरुलाई रहेको बताउनुभयो । गुरुङ लगायत आदिवासी जनजाति चलचित्रहरुले लोप हुन लागेका भाषा, संस्कार सँस्कृति, पर्यटन प्रवद्र्धनमा योगदान पुर्याइरहेको उहाँको दावी थियो ।
कार्यक्रमका विशेष अतिथि आदिवासी जनजाति मातृभाषा प्रवद्र्धन समितिका सदस्य नौजङ्ग गुरुङले तालिमको सफलताको शुभकामना व्यक्त गर्नुहुदै आगामी दिनमा बजेट बृद्धिको लागि पहल गरिने बताउनुभयो । अहिले प्राप्त ३० लाख रुपैया बजेटमा सबैलाई समान वितरण गरिएको बताउनुहुदै उहाँले सबैभन्दा धेरै चलचित्र निर्माण गर्ने गुरुङ चलचित्रकर्मीहरुका संस्था जिफानले उदाहरणीय कार्यहरु गर्दै आएकोमा खुशी व्यक्त गर्नुभयो ।

जिफानका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार माओत्से गुरुङले शुरुवाती समयमा केही नबुझी चलचित्र निर्माण गरिए पनि अहिले गुरुङ चलचित्रहरुले गुणस्तरीयता फड्को मारेको दावी गर्नुभयो । पाँच दिने तालिमले गुरुङ चलचित्रकर्मीहरुको लागि अत्यन्तै उपयोगी सावित हुने विश्वास उहाँको थियो । कास्की आवाजका सम्पादक हुमबहादुर गुरुङ तालिम सफलताको शुभकामना व्यक्त गर्नुहुदै आदिवासी जनजाति चलचित्र नै मुलधारको चलचित्रको रुपमा विकास भईरहेको बताउनुहुदै राज्यले समान व्यवहार गर्नुपर्ने बताउनुभयो ।

आदिवासी जनजाति चलचित्र महासंघका उपाध्यक्ष युगबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तालिमले गुरुङ चलचित्रकर्मीहरुलाई परिष्कृत बनाउने बताउनु भयो । आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीका अध्यक्ष एमबी आस्था मगरले शुभकामना व्यक्त गर्नुहुदै आदिवासी जनजाति चलचित्रहरुले पर्यटन प्रवद्र्धनमा विशेष योगदान पुर्याइरहेको राज्यले बुझ्नुपर्ने बताउनुभयो ।

नेपाल चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम विकले शुभकामना व्यक्त गर्नुहुदै नेपाली चलचित्रको स्कृष्ट लेखन अत्यन्तै कमजोर छ भन्ने टिप्पणीहरुलाई तालिमले मेटाउन सक्ने विश्वास व्यक्त गर्नुभयो । जिफानका कार्यवाहक अध्यक्ष राजबहादुर गुरुङ राजेशको अध्यक्षता, कार्यवाहक महासचिव गमन घलेको संचालनमा भएको कार्यक्रममा कोषाध्यक्ष गिरीप्रसाद गुरुङ स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उद्घाटन समारोहमा गुरुङ चलचित्रका नायिकाहरुले नृत्य प्रस्तुत गरेका थिए ।

तालिम चलचित्र विकास बोर्ड, आदिवासी जनजाति मातृभाषा चलचित्र प्रवद्धृन साितिको सहयोगमा सञ्चालन भएको हो । प्रमुख प्रशिक्षक अनुप सुवेदीको अगुवाईमा जेठ २७ गतेसम्म सञ्चालन हुने चलचित्र पटकथा लेखन तालिममा ३० जना गुरुङ चलचित्रकर्मीहरुको सहभागिता रहेको छ ।