बरिष्ठ गायक शम्भु राईलाई सुन्दै,पोर्चुगलमा साकेला मनाइयो


लिस्वन/ बरिष्ठ गायक तथा संगीतकार शम्भु राईको बिशेष उपस्थितिमा पोर्चुगलको राजधानी लिस्वनमा साकेला (उभौली)चाड भब्य रुपमा मनाईयो । किरात समाज पोर्चुगलले आयोजना गरेको साकेला (उभौली)चाडमा बिशेष अतिथिका रुपमा आएका गायक राईले ” चलेछ बतास सुस्तरी मनै सरर,चिठ्ठी तिमीलाई लेखु भन्छु,आलु दम चाना लगायतका दर्जन भन्दा बढि कर्णप्रिय गीत मार्फत दर्शकहरुलाई भरुपुर मनोरन्जन दिए।

साकेला(उभौली)चाडको पहिलो शत्रमा औपचारिक कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपालबाट आएका आदिवासी जनजाती महासंघका पुर्व महासचिव,आदिवासी अभियन्ता तथा नयाँ शक्ति पार्टीका नेता परशुराम तामाङ,बिशेष अतिथिका रुपमा बरिष्ठ गायक तथा संगीतकार शम्भू राई,पोर्चुगलका लागि मानार्थ पर्यटनदूत रमेश कुमार गुरुङ तथा गैह्र आवासिय नेपाली संघ,पोर्चुगलका अध्यक्ष भिम केसी कमल रहेका थिए भने पोर्चुगल स्थित सकृय बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु लगायत किरात समाजका सदस्यहरु लगायत अन्य नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बरिष्ठ गायक तथा संगीतकार शम्भु राई
बरिष्ठ गायक तथा संगीतकार शम्भु राई

कार्यक्रमको सभापतित्व किरात समाज पोर्चुगलका अध्यक्ष तथा नेपाली संघिय समाजवादी फोरम,पोर्चुगलका अध्यक्ष गणेश याख्खाले गरेका थिए भने कार्यक्रम संचालन राज राईले गरे। कार्यक्रममा विधिवत भूमि पूजा गरिएको थियो भने साकेला सिलीका “सिलीमोपा” यक्ष प्रकाश राई , राज राई र ” सिलीमोमा ” बुना साम्पाङ -चाम्लिङ राई र श्रेया चाम्लिङ राई , कला कोयूलाई प्रमुख आतिथ तथा विशेष अतिथिहरुबाट फेटा,तथा झ्याम्टा,ढोल प्रदान गरि विधिवत साकेला नाचको सुभारम्भ गरिएको थियो ।

साकेला सिलीमा युवा -युवतीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको दोस्रो चरणमा बरिष्ठ गायक शम्भू राईद्वारा कर्णप्रिय गीत मार्फत मनोरंजन प्रदान गरिएको थियो । कार्यक्रम राजधानी लिस्वन स्थित रहेको बेलाभिस्टा पार्कमा भएको थियो । -वाई वि तमूबाट19022821_1723396247724098_1293362839_o 18949005_1723396227724100_954854729_o