सन् २०१७ को मिस नेपालको ताज निकिता चन्दकलाई


पोखरा – सन् २०१७ को मिस नेपालको ताज निकिता चन्दकले जितेकी छिन् । शुक्रबार साँझ सम्पन्न ग्रान्ड फिनालेमा १८ प्रतिस्पर्धीलाई उछिन्दै चन्दकले मिस नेपालको ताज पहिरिएकी हुन्। मोरङको उर्लाबारी घर भएकी उनलाई मिस नेपाल २०१६ की अश्मि श्रेष्ठले मिस नेपालको ताज लगाइदिइन् । 

उनलाई सन् २०१६ कि मिस नेपाल अष्मि श्रेष्ठले ताज लगाइदिन् । दी हिडेन ट्रेजरको आयोजनामा भएको २२ औं मिस नेपाल विजेता चन्दकले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन्। मिस नेपाल फस्ट रनर अपको उपाधि‍‍‍‍‍ रोजिना श्रेष्ठ र मिस नेपाल सेकेन्ड अनर अपको उपाधि निति शाहले जितेकी छिन् ।

मिस कन्फिडेन्ट र पुपुलर चोइसको अवार्ड समेत निकिता चन्दकले नै जितेकी छिन्, मिस एथलेट मञ्जरी सिंह, मिस बेस्ट कप्लेक्सन नीति शाह, मिस ब्‍यूटी विथ पर्पस दृष्टि कट्टवाल र मिस नेपाल एसिया प्‍यासिफिक इन्टरनेशनल साहारा बस्‍नेतले उपाधि जिते । नेपालका विभिन्न ठाउँमा अडिसन गरी छनौट भएका थिए ।