सेकेण्डमा सुन्ने, मिनेटमा गर्ने र घण्टामा पठाउने गरि काम गर्न मेयर जिसीको निर्देशन


पोखरा – पोखरा लेखनाथ महानगरपालिकाका नवनिवाचित मेयर मानबहादुर जिसीले विधि र प्रक्रिया पुरा गरेर सेवाग्राहीलाई छिटो तथा सहज सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएक छन् ।महानगरपालिकाले आयोजना गरेको परिचय कार्यक्रममा कर्मचारीलाई आफनो काम प्रति इमान्दार बन्दै जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् ।

 

मेयर जिसीले सेवाग्राहीलाई सेकेण्डमा सुन्ने, मिनेटमा गर्ने र घण्टामा पठाउने गरि काम गर्न आग्रह गदै गतल काम गर्न कर्मचारीलाई साथ दिन नसकिने बताए । गलत गर्नेलाई साथ दिन सकिन्न राम्रो गर्नेलाई पुरस्कृत गरिने बताए । उनले महानगरको विकासमा सहयोग गर्न कर्मचारीलाई आग्रह गदै आफुहरु शासक नभएर सेवक बन्न आएको बताउदै जनताले जनप्रतिनिधि भएको आभाष हुने गरि काम गर्न निर्देशन दिए । उपमेयर मञ्जुदेवी गुरुङले पोखराको विकासका लागी सवैको सहयोग र साथ लिएर अगाडी बढने बताइन् । उनले जनताले विना झन्झट सेवा पाउनुपर्ने र त्यसका लागी कर्मचारीले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

 

आफना प्रतिबद्धताहरुलाई कार्यान्वयन गदै महानगरको विकासका लागी तत्पर भएर काम गर्ने बताइन् । कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दिर्घनारायण पौडेलले कार्यालयको अवस्था, समस्या र सेवा प्रवाहका बारेमा जानकारी गराएका थिए ।