प्रबासी नेपाली मञ्च स्पेनको चौथौ अधिबेशन सम्पन्न (फोटोफिचर)


बार्सिलोना/ प्रबासी नेपाली मञ्च स्पेनको अध्यक्षमा हेम शेर्पा निर्बाचित भएका छन्।मञ्चको चौथौ अधिबेशनबाट बर्तमान उपाध्यक्ष समेत रहेका शेर्पा सर्वसम्मत् चयन भएका हुन् । यसअघि अध्यक्ष पदका लागि पुर्ब महासचिव दीपक खरेल र बर्तमान सल्लाहकार अध्यक्ष शिव कुमार लामिछानेले समेत दाबी गर्दै आएका थिए । आईतबार बार्सिलोनामा सम्पन्न अधिबेशनले २१ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ।

कार्यसमितीको उपाध्यक्षहरुमा हेमन्त रानाभाट र बल बहादुर कार्की,महासचिव दिनेशराज रेग्मी,उप महासचिवमा हेमप्रसाद पाण्डे निर्बाचित भएका छन् ।यस्तै सचिवमा ऋतु ढुंगाना ,दीपक भट्टराई,भुपेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा कृष्णराम रानाभाट चयन भएका छन् ।हरी बिक,राजेन्द्र तिमील्सिना,ध्रुब भट्ट,तारा अधिकारी,दीपेन्द्र बाबु गजुरेल,गोबिन्द्र तिमील्सिना,नारायण पौडेल,अनन्त लामिछाने,प्रसाद गरभुजा,गोपाल प्रसाद भट्रराई,निर्मला तिवारी र सुन्दर रानाभाट रहेका छन् ।यसैबीच मञ्चले केदारनाथ ढुंगानाको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिती समेत गठन गरेको छ ।

नबनिर्बाचित अध्यक्ष हेम शेर्पा
नबनिर्बाचित अध्यक्ष हेम शेर्पा

अधिबेशनलाई प्रमुख अतिथिको रुपमा नेकपा एमाले प्रबास समन्वय ईन्चार्ज बिन्दा पाण्डेले उद्घघाटन गरेकी थिईन्। नेतृ पाण्डेले एमालेलाई मधेश बिरोधी,जनजाति र दलित बिरोधी भन्दै गलत प्रचार भईरहेको बताईन्।उनले भनिन्,” पहिलो चरणको निर्बाचनमा एमालेको तर्फ स्थानीय तहको प्रमुखमा जनजाति र दलित निर्बाचित भएका छन्,कसरी भयौ हामी बिरोधी ?”।

मञ्चका अध्यक्ष दिनेश गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रममा सँस्थापक अध्यक्ष पुष्पराज तिमील्सिना,गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ,स्पेनका लागि नेपाल पर्यटन बोर्डको मानार्थ प्रतिनिधिहरु दीपक खरेल र चिन्तामणि सापकोटा,प्रबासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष गोबिन्द पौडेल लगायत स्पेन स्थित संघ सँस्थाका प्रातिनिधिहरुले बोलेका थिए। तस्बिर:- साईग्रेस IMG_9045 18738645_1351538651627498_4380961954538031013_o 18700398_1351538691627494_8351404893472659005_o 18768383_1351542118293818_3909530747057418407_o 18766570_1351542418293788_5155849013893874418_o 18766453_1351538938294136_4387889284915576426_o IMG_8946 18700681_1351542538293776_105785048407273828_o IMG_9026 18815322_1351536174961079_5865793822886525352_o IMG_4545 18739028_1351537238294306_5875727120199932408_o 18766396_1351539104960786_6001999598906241402_o IMG_8963 IMG_4526