लुक्लामा गोमा एयरको विमान दुर्घटना हुदाँ चालक र सहचालको मृत्यु


धावनमार्ग नजिकै रुखमा ठोकिन्न पुगेको गोमा एयरको नाईन एनकेए कले साईन भएको विमान समिट एयर शनिवार लुक्ला विमानस्थलमा दुर्घटना हुन पुगेको छ ।

भाच्एिर दुई टुक्रा भएको विमानमा रहेका तीनै चालक, सहचालक र परिचालिको उद्धार गरिए पनि उपचारका क्रममा चालक पारसक राई र सहचालक सुजन मानन्धरको मृत्यु भएको छ ।
परिचारिका प्रज्ञा मर्हजन घाईते छिन् ।

राईको अपराह्न र मानन्धरको राति अबेर निधएको भएको हो ।
घाईतेलाई थप उपचारका लागि हेलिकप्टरबाठ काठमाडौं लैजाने अबेरसम्म्को प्रइासर खराव मौसमका कारण सफल हुन सकेन ।

काठमाडौंबाट लुक्लाको लागि उडेको विमान अवतरण गर्ने क्रममा धावनमार्ग नपुग्दै डिलमारहेको सल्लाको

रुखमा ठोक्किएर धावनमार्गको तारजाली नजिकैबाट १० मिटर जति तल खसेको प्रत्यक्षदशी डिमाटाी शेर्पाले बताए ।  आजको कान्तिपुर दैनिकमा खबर छ ।