युनाइटेडले युरोपा लिग जित्यो,च्याम्पियन्स लिगको ढोका खुल्ला


एजेन्सी/ इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको उपाधि जितेको छ। जित सँगै च्याम्पियन्स लिग समूह चरणमा सिधै प्रवेश पाएको छ। युनाइटेड यस सिजनमा च्याम्पियन्स लिग खेल्नबाट बन्चित थियो भने लिगको छैटौ स्थानमा रहेकोले आगामी सिजन पनि गुमाउने थियो। तर युरोपा लिगको ट्रफ्री उचाले सँगै सिधै प्रबेश पाएको हो।

पोर्चुगिज प्रशिक्षक जोसे माउरिन्होको प्रशिक्षणमा युनाइटेडले पहिलो पटक युरोपा लिग जित्दै ईतिहास समेत रचेको छ। स्टोकहोल्ममा बुधबार राति सम्पन्न फाइनलमा डच क्लब आयाक्सलाई २–० गोलले पराजित गर्ने क्रममा म्यानचेस्टरले पहिलो पल्ट युरोपा लिगको उपाधि जितेको हो।

म्यानचेस्टरको जितलाई सुनिश्चित पार्न पाउल पोग्बा र हेनरिख मखिटारियनले निर्णायक गोल गरे। पोग्बाले १८ मिनेटमै गोल गरे भने अर्को गोल ४८ मिनेटमा मखिटारियनले गरे।