चितवन समाज स्पेनको अध्यक्षमा पुन:तिमिल्सिना निर्बाचित


बार्सिलोना/ चितवन समाज स्पेनको अध्यक्षमा प्रकाश तिमिल्सिना पुन:निर्बिरोध निर्बाचित भएका छन्। तेस्रो अधिबेशनबाट अध्यक्षको जिम्मेबारी पाएका तिमिल्सिनाले चौथो अधिबेशनबाट पनि सर्बसम्मत जिम्मेबारी पाएका हुन्। सोमबार बार्सिलोनामा सम्पन्न चौथो अधिबेशनबाट नयाँ कार्यसमितिको घोषणा समेत गरिएको छ।

समाजको उपाध्यक्षमा अर्जुन आचार्य, सचिव भोजराज सापकोटा, सहसचिव जियालाल खरेल र कोषाध्यक्षमा रामु गैरे सर्बसम्मत चयन भएका छन्। घोषणा सभामा कार्यसमिति सदस्यहरुको नामावली समेत प्रस्तुत गरिएको थियो।

सन् २००९ मा स्पेनमा स्थापना भएको समाजले चितवन जिल्लाको शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्ने मुख्य उदेश्य राख्दै आएको छ । स्पेनको पुरानो सामाजिक संस्थाको रुपमा समेत चितवन समाज स्पेन परिचित रहेको छ।18588681_1979785415590909_4112312364204333143_oसमाजको चौथो अधिबेशनलाई प्रमुख अतिथिको रुपमा गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष मुक्त बहादुर गुरुङले सम्बोधन गरेका थिए।स्पेनका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिहरु दीपक खरेल,चिन्तामणी सापकोटा लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेत कार्यक्रममा उपस्थिति रहेको थियो।

समाजका अध्यक्ष तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव अर्जुन आचार्यले गरेका थिए। हरेक बर्ष झैँ आयोजना गरिएको बारबिक्यू कार्यक्रममा यसपटक पनि स्पेन स्थित नेपाली समुदायको उपस्थिति रहेको थियो।