पोर्चुगलमा साकेला उभौली पर्व मनाईदै


लिस्वन/ नेपालका आदिवासी किरातीहरुको महान रास्ट्रिय पर्व “साकेला” आगामी ५ जुन २०१७ आइतवारका दिन राजधानी लिस्वन स्थित बेलाभिस्टा पार्कमा मनाइने भएको छ ।

किरात राई याक्थुङ्ग चुम्लुङ्ग समाज पोर्चुगलको मुख्य आयोजनामा हुन् लागेको उक्त साकेला पर्वमा पोर्चुगलमा रहेका बिभिन्न संघ सस्थाका प्रतिनिधि लगायत सम्पुर्ण नेपाली समुदायहरुलाई उपस्थित भै साकेला पर्व भब्य रुपमा सफल पार्नका लागि आयोजकले विशेष अनुरोध गरेको छ ।

हरेक वर्ष बैशाख पुर्णिमाको दिन मनाइने साकेला लाई “उभौली”पर्व पनि भन्ने गरिन्छ भने साकेला वर्षको दुई पटक मनाईन्छ ।बैशाख पुर्णिमामा मनाइने साकेला लाई “उभौली”र मङ्सिरमा मनाइने साकेलालाई “उधौली”भन्ने चलन छ ।

विशेष गरि नेपालको पूर्वी भागमा बसोवास गर्ने आदिवासी किराती समुदायको पहिचान झल्कने रास्ट्रिय पर्व हो साकेला हाल नेपाल लगायत विश्वका बिभिन्न देसहरुमा साकेला पर्व मनाइने गरिन्छ।

साकेला (उभौली )को विधिवत रुपमा भुमि पुजा सहित साकेला नाच र बार्बाक्यु गरी मनाउने तयारी चलिरहेको किरात राई याक्थुङ्ग पोर्चुगलले जनाएको छ। -वाईवी तमूबाट