कास्कीको मादी गाउँपालिका प्रमुख र उप्रमुख सहित एमाले विजयी


पोखरा – कास्कीको मादी गाउँपालिकाको मतगणना सकिएको छ । मादी गाउँपालिकाको प्रमुखमा एमालेका बेदबहादुर गुरुङ र उपप्रमुखमा एमालेकै विष्णुमाया आचार्य विजयी भएका छन् । बेदबहादुरले ४ हजार ६ सय ३६ मत पाएका छन् भने विष्णुमायाले ४ हजार ५ सय २३ मत पाएकी छन् ।
प्रमुखमा नेपाली काँग्रेसका देविजंग गुरुङले ३ हजार ६ सय ५३ मत पाए भने उपप्रमुखमा नेपाली काँग्रेसकै प्रभाश्री गुरुङले ३ हजार १ सय ३१ मत पाएकी छन् ।त्यसैगरी मादी गाउँपालिकामा वडा नं। १, २, ४, ६, १० र १२ मा एमालेले जितेको छ । ३, ५ र ८ काँग्रेसले र ७, ९ र ९ वडा माओवादी केन्द्रले जितेको छ ।कास्कीको मादी गाउँपालिकामा एमालेले ५ र कांग्रेसले ३ वडामा प्यानल जित हासिल गरेको छ । माओवादी केन्द्रले २ वटा वडामा वडाध्यक्ष जितेको छ । माओवादीको भने प्यानल जित होइन ।

मादी गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसले प्यानल जित हासिल गरेको छ । कांग्रेसले वडाध्यक्षमा रतनबहादुर गुरुङसहित प्यानल नै जित हात पारेको हो । वडाध्यक्षमा बिजयी गुरुङ ५०२ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी सुब्बा गुरुङले ४०३ मत प्राप्त गरे ।महिला सदस्यमा कांग्रेसका पार्वती राना मगर, दलित महिला सदस्यमा सोममाया सार्की तथा खुल्ला सदस्यमा सरोज केसी र हुमनाथ अधिकारी बिजयी भए ।

त्यस्तै, वडा नम्बर ६ मा एमालेका पसबहादुर बास्तोलासहितको प्यानल बिजयी भएको छ । वडाध्यक्षमा बिजयी बास्तोलाले ४ सय १७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खिमबहादुर जिसीले २३४ मत प्राप्त गरे ।महिला सदस्यमा एमालेका शिवा त्रिपाठी, दलित महिला सदस्यमा सुन्दरी परियार तथा खुल्ला सदस्यमा भीमबहादुर गुरुङ र चन्द्रबहादुर रानामगर बिजयी भए ।

वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्रका लालबहादुर गुरुङ वडाध्यक्षमा बिजयी भए । बिजयी गुरुङले ३१२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बालकृष्ण गुरुङले २८० मत प्राप्त गरे ।महिला सदस्यमा एमालेकी विष्णुकुमारी गुरुङ, दलित महिला सदस्यमा एमालेकै चित्रकुमारी विक, खुल्ला सदस्यमा माओवादीका नारायण सापकोटा र बिरबहादुर गुरुङ बिजयी भए ।वडा नम्बर ८ मा वडाध्यक्षमा यामबहादुर गुरुङसहित कांग्रेसको प्यानल बिजयी भएको छ । बिजयी गुरुङले ४ सय २६ र उनका निकटतम प्रतिद्वन्द्वी चन्द्रबहादुर सुबेदीे २४३ मत प्राप्त गरे ।

महिला सदस्यमा कांग्रेसकी लालदेवी घले, दलित महिला सदसयमा पञ्चकुमारी सार्की तथा खुल्ला सदस्यमा कुलबीर गुरुङ र तुलाप्रसाद रिजाल बिजयी भए ।वडा नम्बर ९ मा माओवादी केन्द्रका तोरणबहादुर गुरुङ वडाध्यक्षमा बिजयी भए । बिजयी गुरुङले ४११ म्त प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मिनबहादुर गुरुङले ३०९ मत प्राप्त गरे ।

महिला सदस्यमा कांग्रेसकी रिता अधिकारी, दलित महिला सदस्यमा पदमकुमारी सार्की तथा खुल्ला सदस्यमा भीमबहादुर गुरुङ र सञ्जय गुरुङ बिजयी भए ।वडा नम्बर १० मा वडाध्यक्षमा कुलप्रसाद गुरुङसहितको एमाले प्यानल बिजयी भएको छ । बिजयी गुरुङले ५ सय ३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कृष्णबहादुर गुरुङले २७७ मत प्राप्त गरे ।महिला सदस्यमा एमालेकै विष्णु सुबेदी, दलित महिला सदसयमा बिना दमाई तथा खुल्ला सदस्यमा गमबहादुर गुरुङ र विष्णुप्रसाद गौतम बिजयी भए ।

मादी गाउँपालिकाको अब वडा नम्बर ११ र १२ को मत परिणाम आउन बाँकी छ । यसअघी मादी गाउँपालिका वडा नम्बर १, २ र ४ मा नेकपा एमालेको प्यानल बिजयी भएको थियो भने वडा नम्बर ३ मा नेपाली कांग्रेसको प्यानल बिजयी भएको थियो ।