कास्की अन्नपूर्ण गाउँपालिकामा कांग्रेस र एमाले ३/३ प्यानलमा विजयी


सन्देश श्रेष्ठ/ पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसले सराबरी जित हासिल गरेका छन् । एमालेले ३ वटा वडामा प्यानल नै जित्दा कांग्रेसले पनि ३ वडामै जितको झण्डा गाडेको छ ।
कांग्रेसले अन्नपूर्णको वडा नम्बर ५, ६ र ८ मा प्यानल नै जितेको हो । वडा नम्बर ५ मा जीवनाथ पौडेल वडाध्यक्षमा निर्वाचित भएका छन् भने महिला सदस्यमा भगवती केसी, दलित महिला सदस्यमा बालिका कार्की तथा खुला सदस्यमा जसबहादुर विक र सहबहादुर कार्मी विजयी भए ।
यस्तै, वडा नम्बर ६ को अध्यक्षमा चित्रबहादुर गुरुङ निर्वाचित भएका छन् भने महिला सदस्यमा लक्ष्मी देवकोटा, दलित महिला सदस्यमा सेती कामी (विश्वकर्मा) तथा खुला सदस्यमा अम्बरबहादुर केसी र रामबहादुर गुरुङ विजयी भए ।
वडा नम्बर ८ को वडाध्यक्षमा कांग्रेसका विजय गुरुङ विजयी भएकोमा महिला सदस्यमा सो पार्टीका भीमकुमारी क्षेत्री, गौमाया नेपाली तथा खुला सदस्यमा अमृत गुरुङ र टेकबहादुर गुरुङले जितेका छन् ।
वडा नम्बर ७ को वडाध्यक्षमा घनश्याम चापागाईंसहित एमालेको प्यानल विजयी भएका छ । महिला सदस्यमा एमालेका छत्रकुमारी गुरुङ, दलित महिला सदस्यमा चिजाकुमारी कार्मी तथा खुल्ला सदस्यमा कर्णबहादुर क्षेत्री र कृष्णबहादुर मगर विजयी भए ।
वडा नम्बर ९ को वडाध्यक्षमा कांग्रेसका बलबहादुर क्षेत्री वडाध्यक्षमा निर्वाचित भएका छन् । महिला सदस्यमा एमालेकी चन्द्रकुमारी गुरुङ, दलित महिला सदस्यमा एमालेकी सन्तुष्टि विक तथा खुला सदस्यहरुमा कांग्रेसका नजरमान गुरुङ र गनबहादुर पुन विजयी भए ।
यस्तै, वडा नम्बर १० को वडाध्यक्षमा कुमारप्रसाद गुरुङसहितको एमालेको प्यानल विजयी भएको छ । महिला सदस्यमा रिता क्षेत्री, दलित महिला सदस्यमा कमला सार्की तथा खुला सदस्यमा मिनाकुमारी राना र अर्जुन विश्वकर्माले जित हासिल गरे ।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा पनि एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा हिमबहादुर गुरुङ विजयी भए भने महिला सदस्यमा जगनमाया गुरुङ, दलित महिला सदस्यमा प्रमिला विकले जित हात पारे । यस्तै, सदस्यहरुमा रुद्रबहादुर क्षेत्री र इन्द्रमणि जैसी विजयी भएको निर्वाचन अधिकृत यमनाथ ढकालले जानकारी दिए ।